इटहरी/ गुण्डागर्दी आरोपमा पक्राउ परेका काँगे्रस महासमिति सदस्य सिजन गुरुङको रिहाईको माग गर्दै आन्दोलनमा होमिएका काँग्रेस कार्यकर्ताले प्रहरीको टोपीलाइ प्रधानमन्त्री केपी ओलीको टोपीसँग तुलना गरेका छन् । नेपाल तरुणदलका केन्द्रीय कार्यवहाक सभापती उत्तम चापागाईले बहुुमतको पर्खालमा आडलागेर दम्भ देखाउनेहरु सोहि पर्खालले किचेर नासिने बताए । उनले सत्ताको उन्मातले महिमत्ता भएका कम्युनिष्टलाई अरु कसैले सक्नै नपर्ने भन्दै अन्त्य निश्चित रहेको ठोकुवा गरे ।

प्रहरीप्रति इंगित गर्दै चापागाइले भने ‘यो तपाइहरुले लगाएको टोपि केपी ओलीको टाउको हो, हाम्रो धैर्यताको बाँध फुुटाइए हामी चट्टान फुुटाए जस्तो फुुटाउने छौँ ।’ उनले प्रहरिलाइ लक्षित गर्दै चर्काचर्का नारावजि गर्दै गर्दा नेपाल पहरीका प्रहरी निरिक्षक राजन कार्कीको नेतृत्वमा खटिएका प्रहरीहरु मुखामुख गरिरहेका थिए ।

आन्दोलनकारीले इटहरी प्रहरी प्रमुख शिवकुमार श्रेष्ठलाई नेपाल कम्युनिष्ट पाटिको कार्यकर्ता बन्न खोजेको आरोप लगाएका छन् । प्रदेश सांसद तथा तरुण दलकी केन्द्रीय पार्सद विन्दा कार्कीले भनिन– ‘वाम गठबन्धन काँग्रेस सिध्यान लागि परेको छ, तर उनिहरु आँफै सिदिन्छन्, इतिहाँस साक्षि छ ।’

 

काँग्रेस सुनसरीको आइतवार बसेको बेठकले चार दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । उनिहरुले जेठ १४ गते इनरुवा, इटहरी धरानमा कोणसभा गर्ने, जेठ १५ गते यि तीनै शहरमा सिठि जुलुस गर्ने, जेठ १६गते विरोध तीनै शहरमा बिरोध जुलुस गर्ने र जेठ १७ गते सुनसरी जिल्ला बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । तर प्रहरीले व्यक्ति कुुटपिटको आरोपमा पक्राउ परेका गुरुङलाइ आतवार नै सुनसरी जिल्ला अदालतमा ७ दिने म्याद थप गरिसकेको छ ।