धरान : १५ जेठ - सरकारले स्थानीय तहसँगको सहकार्यमा सातवटै प्रदेशमा प्रदेशस्तरीय रंगशाला निर्माण गर्न बजेट विनियोजन गरेको छ । 

अन्तर्राष्ट्रिय जगतमा खेलकूद मार्फत नेपालको पहिचान विकास गर्न १८औँ एशियाली खेलकूद र १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिताको तयारी एवं पूर्वाधार निर्माण र आठाँँै राष्ट्रिय खेलकूद प्रतियोगिता सम्पन्न गर्न रु दुई अर्ब चार करोड बजेट विनियोजन गरेको छ । 

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले बालबालिका तथा युवाहरुको शारीरिक तथा मानसिक विकासका लागि खेलकूदलाई जोड दिइने बताउनुभयो । स्थानीय तहको सहकार्यमा प्रत्येक स्थानिय तहमा सम्भाव्यताको आधारमा रंगशाला, खेलमैदान, युवा क्लव तथा विचरण पार्क क्रमिक रुपमा स्थापना गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ । 

लोकान्तर.कम बाट सभार गरीएको