इटहरी । इटहरी उपमहानगरपालिकाको दोस्रो नगरसभा सुरु भएको छ ।
उपमहानगरपालिका नगरप्रमुख द्धारिकलाल चौधरीले वुधवार नगरसभा बैठक प्रारम्भ गरेका
हुन।
उधोग वाणिज्य संघ इटहरीको सभाहलमा सुरु भएको नगरसभाको पहिलो दिन
उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले विभिन्न विधेयकहरुको कार्यसुचि प्रस्तुत
गरिन । उपप्रमुख गौतमले प्रशाकिय कार्यविधि २०७५,सहकारी विधेयक ,शिक्षा सम्वन्धमा
व्यवस्था गर्न बनेको विधेयक , एफ एम रेडियो व्यवस्थापन तथा संलालन विधेयक ,रापपत्र
प्रकाशन विधेयक लगायतका विधेयकहरु नगरसभामा निर्णायर्थ प्रस्तुत गरेकी हुन ।
उपप्रमुख गौतमले प्रस्तुत गरेका विधेयकहरुका विषयमा छलफल र संशोधन सहित पारित
गरिने जानकारी गराईयो । नगरसभा वैठक विधेयकहरुका विषयमा छलफल र संशोधन
दर्ताका साथै निणार्यथ शनिवार पुनः वस्ने भएपनि संशोधन प्रस्ताव पेश भएमा लम्वीने
जानकारी गराइयो ।