धरान : धरानको भानुचोकमा रहेको झरना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिकोत्सवको अवसरमा मैत्रिपूर्ण फुटसल प्रतियोगिता गर्ने भएको छ ।
संस्थाको आठौं वार्षिकोत्सवको अवसर पारेर शेयर सदस्यहरुको विभिन्न टिम बनाएर फुटसल प्रतियोगिता गर्न लागिएको संस्थाका व्यवस्थापक मानबहादुर मगरले बताए । संस्था स्थापना दिवस जेठ १९ गते धरान–१८ स्थित बुढासुब्बा फुटसलमा आयोजना हुने फुटसल खेल विहान ७ बजेदेखि सुरु भइ बेलुकासम्ममा सम्पन्न हुने तथा विजेता तथा उपविजेता टिमलाई क्रमशः नगद रु २५ हजार सहित ट्रफि र नगद रु १३ हजार सहित ट्रफि पुरस्कार दिइने जानकारी संस्थाका अध्यक्ष विष्णुकुमार राईले दिएका छन् ।
युवा पुस्ता माझ लोकप्रिय खेल फुटसल मार्फत स्वास्थ्य सन्देश दिन तथा शेयर सदस्यहरुविच आपसी भाइचारा तथा सहकारी प्रति अपनत्वको भावना जगाउन तथा शेयर सदस्यहरुबिच घुलमिल भइ व्यवसायको बृद्धिका निम्ति फलदायी हुने संस्थाका व्यवस्थापक मगरले आशा ब्यक्त गरेका छन् ।
विभिन्न व्यवसाय गर्दै आएका संस्थाका शेयर सदस्यहरुको १२ टिमले प्रतिष्पर्धा गर्ने प्रतियोगितामा कस्मेटिक व्यवसायी, फेन्सी व्यवसायी, होटल व्यवसायी, किराना व्यवसायी, डिलर व्यवसायी, सुन व्यवसायी, इलेक्ट्रोनिक्स व्यवसायी लगायतको टिम तयार रहेको समेत जानकारी दिइएको छ । साथै स्थापना दिवसको अवसरमा संस्थापकहरुलाई सम्मान समेत गरिने कार्यक्रम रहेको जनाइएको छ ।