इटहरी । महिलाहरुलाई आत्मनिर्भर वनाउने उदेश्यले सनसरीको इटहरी उपमहानगरपालिका वडा नम्वर ४ ले सञ्चालन गरेको एक महिने नि:शुल्क मोती तथा क्रिस्टल गहना वनाउने तालिम सम्पन्न भएको छ । उपमहानगरपालिकाले महिलाहरुका लागि उपमेयर आत्मनिर्भर तालिम अन्तरर्गत वडा नम्वर ४ ले आयोजना गरेको मोती तथा क्रिस्टल गहना तालिम सम्पन्न भएको हो । उपमहानगरपालिकाले महिला आत्मनिर्भरताका लागि प्रत्येक वडामा एक लाखका दरले तालिम सञ्चालनको लागि बजेट छुट्याए बमोजिम वडा नम्वर ४ ले क्रिस्टल गहना तालिम छनोट गरेको थियो । तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण कार्यक्रममा उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले महिलाहरुलाई आत्मनिर्भर वनाउन सहयोग पुगोस भने प्रत्येक वडाका लागि वजेट छुट्याएको जानकारी दिइन । उनले महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भरता वनाउने लक्ष्य सहित सवै वडामा महिलाहरुका लागि विभिन्न खाले तालिमको व्यवस्था गरिएको वताइन । तालिममा सहभागीहरुलाई उपमेयर गौतम वडाध्यक्ष चन्दप्रसाद भट्टराई , तालिमकी संयोजक वडा ४ की महिला सदस्य लक्ष्मी चापागाई लगायतले सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रमलाई सफल वनाउन वडा नम्वर ४ का कर्मचारीहरु पोक्षण पोखरेल, राजन सुवेदी लगायतले सहयोग पुर्याएका थिए । एक महिने तालिमको सहजिकरण हाम्रो सिप प्रशिक्षण केन्द्र इटहरी ४ की सञ्चालीका डम्वरकुमारी श्रेष्ठले गरेकी थिएन । तालिममा वडा नम्वर ४ का २० जना महिलाहरुको सहभागिता रहेको थियो ।