इटहरी । विश्वकप फुटबल प्रतियोगिता सुरु हुन अगावै इटहरीका विद्यार्थीहरुले
विभिन्न टिमका जर्सी लगाएर विद्यालयमा आउन थालेका छन् ।

विद्यार्थीहरुमा विश्वकपको रौनक संगै खेलकुद प्रति उत्साह जगाउन र विश्वकप फुटबलको
बारेमा विद्यार्थीहरु लाई जानकारी दिने उद्धेश्यले इटहरीको एक विद्यालयले फुटबलमैत्री
शिक्षा अभियान सञ्चालनमा ल्याएको छ ।

इटहरी उपमहानगरपालीका २ स्थित पशुपति इंग्लिश बोडिङ स्कुलले एक महिनासम्म विश्वकप
फुटबलसँग सम्बन्धित अतिरिक्त कक्षा सञ्चालन गर्ने भएको हो । शुक्रबार बाट सुरु
भएको अभियानपछि बिद्यालयले पठनपाठन सँगै फुटबलसँग सम्बन्धित जानकारी पनि दिइने
विद्यालयले जानकारी दिएको छ ।

विद्यालयले प्रांगणमा विश्वकपमा सहभागी हुने राष्ट्र र उनीहरुको झण्डा अंकित ब्यानर
राखिएको छ । विश्वकप फुटबलमा भएका खेल सहित यसको विगत र खेलकुदको महत्व पनि
विद्यार्थीहरुलाई जानकारी दिने पशुपति बोर्डिगं स्कुलका प्रिन्सीपल सुमित थापाले
बताए । बिद्यार्थीले साप्ताहिक रुपमा तयार पर्ने भित्तेपत्रिकामा पनि विश्वकपको बिषयमा
सामाग्री तयार पार्नेछन् । विद्यार्थीहरुले प्रत्येक शुक्रबार आफुलाई मन परेको देश
र त्यस देशको पोसाक लगाएर विद्यालय आउन छुट पनि दिइएको छ । बिद्यालयले फुटबल
सम्बन्धि शिक्षा शुरु गरेपछि बिद्यार्थीहरुपनि उत्साहित बनेका छन । फुटबलको महाकुम्भ
नजिकिदै गर्दा सञ्चालित यस्ता अभियानले आफुहरुमा सकारात्मक प्रभाव पर्ने विद्यार्थीहरु
बताउँछन् । पछिल्लो समय नेपालमा खेलप्रति युवाहरुमा बढ्दो उत्साहलाई यस्ता
कार्यहरुले थप विकास गर्न मद्दत पुग्ने देखिएको विद्यार्थी हरु बताउछन । विद्यालयहरुले
पनि खेल क्षेत्रको विकास गर्न खेलकुदका कार्यक्रमहरु शैक्षिक क्यालेण्डरमै समावेश गर्न
आवश्यक छ ।।