एजेन्सी-  जेठ ३१ बाट रसियामा हुने फिफा विश्वकप फुटबल प्रतियोगिताका लागि डिफेन्डिङ च्याम्पियन जर्मनीले सोमबार राष्ट्रिय टिम घोषणा गरेको छ।

यसअघि प्रारम्भिक टिममा परेका इंग्लिस टिम म्यानचेस्टर सिटिका विंग्गर लिरोए साने २३ सदस्यीय टिममा अटाउन सकेनन्। यस्तै वायर लिभरकुजेनका गोलकिपर बेर्ड लेनो, वायरकै डिफेन्डर जोनाथन टाह र एफसि फ्रेइवर्गका फरवार्ड निल्स पिटर्सेन पनि टिमा छैनन्। यी चारै खेलाडी २७ सदस्यीय टिममा मा थिए। 

यसअघि २७ जनाको प्रारम्भिक टिममा गत संस्करणमा जर्मनीलाई उपाधि जिताउन फाइनलमा निर्णायक गोल गरेका मारियो गोट्जे पर्न असफल भएका थिए। उनले सन् २०१४ को विश्वकप फाइनलमा अर्जेन्टिना विरुद्ध थप गरिएको समयमा गोल गर्दा जर्मनीले चाथौ पटक विश्वकपको ट्रफी उचालेको थियो।

जर्मनी विश्वकपको समूह 'एफ' मा मेक्सिको, स्विडेन र दक्षिण अफ्रिकासँगै छ। उसले पहिलो खेल १७ जुनमा खेल्नेछ। 

जर्मन टिम 
गोलकिपर - 
म्यानुयल नेउर (वायर्न म्युनिख), मार्क आन्द्रे टेर स्टेगेन (बार्सिलोना), केभिन ट्राप (पिएसजी)। 
डिफेन्डर - जेरोमी बोएटेङ (वायर्न म्युनिख), माथियास जिन्टर (बोरुसिया मोचेन्ग्लाबाच), जोनास हेक्टर (कोलोङग्ने), माट्स् हुमेल्स (वायर्न म्युनिख), जोसाउ किममिच (वायर्न म्युनिख), मर्भिन प्लाटेनहार्ड (हेर्था वर्लिन), एन्टोनियो रुडिगर (चेल्सी), निक्लास सुले (वायर्न म्युनिख)। 
मिडफिल्डर -  जुलियन बान्डट् (वायर लिभरकुजेन), जुलियन ड्राक्सलर (पिएसजी), लियोन गोरेक्सा (साल्के) इल्के गुन्डोगन (म्यानचेस्टर सिटी), सामि खादिरा (युभेन्ट्स),  टोनी क्रुस (रियल म्याड्रिड), मेसुज ओजिल (आर्सनल), सेबास्टियन रुडी (वायर्न म्युनिख)। 
स्ट्राइकर - मारियो गोमेज (स्टुगार्ट), थोमस मुलर (वायर्न म्युनिख), मार्को रेउस (बोरुसिया डर्टमुन्ड), टिमो वेर्नेर (आरबी लेइपजिग) ।