इटहरी ।
स्वास्थ्यका लागी खेल राष्ट्रका लागी खेल भन्ने उदेश्यका साथ जेष्ठ २१
गतेबाट शरु भएको पृतनापति ट्रफि खेलकुद प्रतियोगिताको उपाधि २८ अंक सहित दुई
नम्बर वाहिनि र १८ नम्बर वाहिनिले हात पारेका छन् ।

शारिरिक तथा भौतिक बिकास गर्दै खेलकुदको बिकास गर्ने मुख्य उदेश्यले आयोजना
गरिएको ट्रफिमा बिभिन्न स्थानमा कवाडी,तेक्वान्दो,एथलेटिक्स,भलिवल, फुटवल तथा
बक्सिंग जस्ता खेल सञ्चालन भएको थियो । नेपाली सेनाले सुरक्षामा मात्रै नभएर
खेलकुदको क्षेत्रमा पनि आफ्नो दवदवा बनाई राखेको नेपाली सेनाले जनाएको छ ।
दश दिन सम्म सञ्चालन भएको खेलमा बिभिन्न तौल समुह अनुसार खेल भएको थियो ।
तेक्वान्दो ५४,५८,६३,६७, ७४ र ८० केजि भन्दा बडि तौल भएका व्यत्तीहरुको समुहमा खेल
भएको थियो ।

 

बक्सिंगमा ५२ केजि अन्र्तगत प्रकाश क्षेष्ठ, ५६ केजि अन्र्तगत प्रेम बहादुर राक्ष्य त्यसैगरि
५६ केजी महिला तर्फ सुस्मिता निरौलाले उपाधि जित्न सफल भएकी थिईन । तेक्वान्दो
तर्फ ५४, ५८, ६३, ६७ अन्र्तगत क्रमश कुमार मगर, कमला वडा, मिठाराम लगायतले उपाधि
जितेका थिए । खेलकुदको मार्फत शारिरिक तथा मानसिक रुपमा बिकास गर्दै सधै
चुस्तदुरुस्त बनाई राख्ने पुर्विपृतनाले जनाएको छ । बक्सिंगको मुख्य जुरि अनुप
लामाले भुमिका निर्वाह गरेका थिए । त्यैसगरी बिभिन्न खेलका प्रथम,दोश्रो तथा तेश्रो
हुन खेलाडीेलाई मेडल, प्रमाण पत्र बितरण गरिको थियो । सबै खेलको प्रथम हुने
बाहिनिलाई ट्रफि सहित प्रमाणपत्र पृतनापति समिर शाहिले बितरण गरेका थिए ।
खेलको समापनमा भने पृतना मुख्यालय भित्र बक्सिंग खेलसंगै सम्पन्न भएको थियो ।