इटहरी
सुजुकीको गाडी चार पाग्रें सवारी साधनको इटहरीको आधिकारीक विक्रेता
एबसुल्युट अटोले स्विफ्टको तेस्रो संकरण बजारमा ल्याएको छ ।

नेपाली उपभोक्ताहरुले मन पराएको स्विफ्टको तेस्रो संरकरणको इटहरीमा
एव्सुल्युट अटोका प्रवन्ध निर्देशक प्रवेश बस्नेत र नविल बैक इटहरीका प्रबन्धक श्याम
लौडारीले एक कार्यक्रम विच सार्वजनिक गरेका हुन ।

स्विफ्टको तेस्रो संकरण सार्वजनिक कार्यक्रममा २००५ देखि स्विफ्टका नाममा
नेपाली बजारमा भित्रीएका चार पाग्रें सवारीहरु नेपाली उपभोक्ताहरुले रुचाएको कारण
थप सुविधा सहित तेस्रो संकरण ल्याएइएको जानकारी दिइयो । नेपाली बजारमा
भित्रीएको स्विफ्टको तेस्रो संकरण पहिलाका भन्दा सुधार गरिएको हेर्दा आकर्षक , स्टाइलीस ,
सुविधायुक्त भएको एक्सुल्युटका मेनेजर कुशल शमाले जानकारी दिए । उनले
विभिन्न रंगमा उपलव्ध रहेको स्विफ्टको बजार मुल्य २८ लाख ९९ हजार देखि लिएर
३१ लाख ९९ हजार सम्म रहेको समेत वताए । स्विफ्टको तेस्रो संकरण सात वटा बुक
भईसकेको समेत सो अवसरमा जानकारी गराइयो ।