काठमाडौं– २०१८ फिफा विश्वकपको पहिलो खेलमा स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको पाँच पटकको विश्व विजेता ब्राजिलले खराब रेकर्ड बनाएको छ।

ब्राजिलले सन् १९७८ पछि विश्वकप जितबाट सुरुवात गर्न असफल भएको थियो। त्यसयता लगातार जित हात पारेको ब्राजिल विश्वकपमा ४० वर्षपछि पहिलो खेलमा बराबरीमा रोकिएको हो।

ब्राजिलले विश्वकपमा ४० वर्षपछि खराब प्रदर्शन गरेको हो। १९७८ मा चार खेलमा जित निकाल्न नसकेको ब्राजिल अहिले तीन खेलमा जितबिहीन छ। गत विश्वकपको सेमिफाइनल र तेस्रो स्थानका लागि भएको खेलमा पराजित भएको ब्राजिल जारी विश्वकपको पहिलो खेलमा बराबरीमा रोकिएपछि खराब इतिहास बनेको हो। 

यता ब्राजिलले विश्वकपमा १३ सर्ट अन टार्गेट बेहोर्दा १० गोल खाइसकेको छ।