डाँगीहाट फुटबल क्लवकाे अायाेजनामा भदै २३ देखि ३० षते सम्म दाेस्राे बुद्ध एयर लक्ष्मीमार्ग गाेल्डकप प्रतियाेगिता हुने भएकाे छ ।डाँगीहाट फुटबल क्लवले अाज पत्रकार सम्मेलन गरि जानकारी दिएकाे छ । पहिलाे पुरस्कार २ लाख २२ हजार र दाेस्राे पुरस्कार १ लाख २ हजार र प्रत्येक खेलमा म्यान अफ द म्याच नगद ५ हजार, हाई स्काेर नगद १० हजार, बेष्ट प्लेयर, बेष्ट डिफ्रेन्स, बेष्ट मिड फिल्डर, बेष्ट फरवाड, बेष्ट गाेलकिपर र बेष्ठ काेचले नगद ५ हजार प्राप्त गर्ने अायाेजकले जनाएकाे छ । सहभागी टिमहरु अायाेजक, माेरङ फुटवल एकेडेमी उर्लाबारी, युनाईटेड खर्साङ भारत, ईलाम ११, बिर्तामाेड युनाईटेड क्लव झापा, धनकुटा, उदयपुर र चर्च ब्वाईज काठमाडौं रहेका छन ।