इटहरी:

बैकल्पीक उर्जाको क्षेत्रमा काम गर्दै आएको अल्ट्रा ग्रुपले व्यवसाय विस्तार गर्ने क्रममा धरानमा समेत शोरुमा सञ्चालनमा ल्याएको छ ।

सोलार बाटर हिटरबाट आफनो व्यवसाय शुरु गरेको अल्ट्रा ग्रुपले विभिन्न दस आइटकमा सामाग्रीहरु विक्री वितरण गर्ने गरी धरानमा नयाँ शोरुम सञ्चलानमा ल्याएको हो । पुर्व क्षेत्रमा विगत एक दसक अघि देखि सोलार विक्रीबाट सुरु गरेको अल्ट्रा ग्रुपले सेवा विस्तार गर्ने क्रममा वुधवारबाट धरानमा समेत नयाँ शोरुम सञ्चालनमा ल्याएको जनरल म्यानेजर उत्तम खनालले जानकारी दिए । उनीले निकट भविष्यमा विद्युतिय साईकल समेत विक्री वितरण सुरु गर्ने वताए । धरानमा सञ्चालनमा आएको नयाँ शोरुम पि एण्ड वि सप्लार्यसको ग्रुपका जनरल म्यानेजर खनालले एक कार्यक्रम विच उद्घाटन गरेका थिए ।

कार्यक्रममा पुर्वमा पहिलो पटक अल्ट्रा ग्रुपका सामाग्रीहरु विक्री वितरण गर्दै आएका प्रदेस नम्वर १का डिलर डिल्ली भण्डारीले पुर्वको विकसित सहर धरानका उपभोक्ताहरुलाई सहज होस भनेर धरानमै शोरुम सञ्चालनमा ल्याएको जानकारी गराए । अल्ट्रा ग्रुपले अहिले बजारमा सोलार बाटर हिटर,सोलार पावर व्याकअप सिस्टम ,सोलार पम्प , इनर्भटर तथा अनलाईन यु पी एस ,सोलार व्याट्री लगायतका सामाग्रीहरु विक्री वितरण गर्दै आएको छ ।