धरान : ग्लोबल आइएमई बैंक र धरानको विजयपुर अस्पतालबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधामा दिइने छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा विजयपुर अस्पतालका निर्देशक प्रभाव खतिवडा र ग्लोबल आइएमई बैंक धरानका शाखा प्रबन्धक लक्ष्मी डुम्रेरे हस्ताक्षर गरेका थिए । बैंकले अस्पालसंग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको जनाएको छ । सम्झौताअनुसार विजयपुर अस्पतालमा उपचार गराउदा ग्लोबल आइएमई बैकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैकका ग्राहक, ग्लोबल आइएमई बैकका कर्मचारी तथा ग्राहकका परिवारले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन् । बैकले आफ्ना ग्राहकलाई बैंकिङ सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न सस्थासंग समन्वय गरी यस्ता विभिन्नखाले योजना ल्याइरहेको छ । बैकले देशभरमा १ सय ३१ शाखा, १ सय ३४ एटिएम, ५ एक्सटेन्सन काउन्टर, १५ राजस्व संकलन काउन्टर, १ सय शाखारहित बैकिड्ड सेवा र देशबाहिर ३ प्रतिनिधि सम्पर्क कार्यालयमार्फत आफना ९ लाखभन्दा बढी ग्राहकलाई सेवा दिंदै आएको जनाएको छ ।