धरान  : हुन्डाई अटोमोबाइल्स नेपालको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि ले चाडवाड लक्षीत गरी हुन्डाइ फेस्टीब योजना ग्राहकहरु माझ ल्याएको छ । यो योजनाको अवधि यहि भाद्र २१ गते देखि कार्तिक २७ गते सम्म लागु लक्ष्मी इन्टरकन्टिनेन्टलले जानएको छ । यो योजना दशैं, तिहार र छठ उत्सव मनाउने लक्ष्य सहित ल्याइएको हो । यस योजना अन्तर्गत, ग्राहकहरुले आकर्षक नगद छुट र एब वर्ष निःशुल्क बीमा सुविधा पाउनेछन् साथै स्क्रयाच कार्ड मार्फत थप एक लाख सम्मको नगद छुट, लक्की–ड्र मार्फत सय जनालाई दश÷दश ग्राम सुन तथा बम्पर उपहार अन्तर्गत लक्की–ड्र मार्फत हुन्डाई एक्टिभ एक थान र हुन्डाई क्रेटा एक थान जित्न सक्नेछन् । सबै हुन्डाईका गाडीहरुमा तिन वर्ष वारेन्टी, चार वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानी सहित उपलब्ध हुनेछन् । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाल भरी तेह्र शोरुमहरु तथा पन्ध्र सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै पाँच ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि
करोडांै ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।