तिम्रा भुलहरु आफै सुधार
मैले भन्नु केहि छैन ।
प्रित लगाई धोका नदेउ ,
यो भन्दा ठुलो धर्म अरु केही हुने छैन ।
मत चाहान्छु सधैभरी,
तिम्र्रै माया पाई रहुँ ।
जीवनमा तपस्या यही गर्छु ,
तिम्रो हाँसो खुसीमै रमाई रहुँ ।
तिम्रा बाचाहरु आफै सुधार,
मैले भन्नु केहि छैन ।
प्रित लगाई धोका नदेउ,
यो भन्दा ठुलो धर्म अरु केही हुने छैन ।
हर्षले सधै तिम्रो चाहाना,
प्रगतिको बाटो लम्की रहुन् ।
हाँसो खुशी भएर बितोस जीबन,
दुःखको आँसु कहिल्यै नझरुन् ।
तिम्रा यात्राहरु आफै सुधार,
मैले भन्नु केहि छैन ।
प्रित लगाई धोका नदेउ,
यो भन्दा ठुलो धर्म अरु केही छैन ।