इटहरी  : महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले संचालन भएको महिला बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको २० औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । महिलाहरुद्धारा ब्यवस्थापन भएको र उत्कृष्ट भई निरन्तर रुपमा पुरस्कृतसमेत हुँदै आएको यो सहकारी संस्थाले हालसम्म ४० करोड बढिको आर्थिक कारोवार गर्न सफल भएको जनाएको छ । प्रदेश नं १, प्रदेश सभाकी उपसभामुख सरस्वती पोख्रेलको प्रमुख आतिथ्यतामा संस्थाका साधारणसभा सम्पन्न भएको थियो । साधारणसभामा प्रदेश साँसदहरु सर्वध्वज सावाँ, लिलम बस्नेत, नेप्स्कुनकी केन्द्रीय सदस्य गोमा नेपाल, बचत तथा ऋण सहकारी संस्था सुनसरीका अध्यक्ष शिवराज श्रेष्ठ लगायतले सहकारीले छोटो अवधिमा धेरै सफलता र उपलब्धी हासिल गरेको भन्दै प्रसंसा गरेका थिए । उक्त कार्यक्रमा संस्थाकी अध्यक्ष अमृता सुब्बाले ५ हजारभन्दा बढि शेयर सदस्य रहेको जानकारी दिइन् । संस्थाले बर्षभरीमा सामाजिक क्रियाकलाप अन्तर्गत जेष्ठ नागरिक सम्मान तथा अन्य दर्जनौ कार्यक्रम मार्फत सामाजिक कार्यहरु गरेको प्रतिवेदन प्रस्तुत गरेको थियो ।