धरान : यामाहाको डिजिटल मिटरसहितको रे जेडआर स्कुटर सिरिजको नयाँ सँस्करण स्ट्रिट र्याली धरानमा ल्याएको छ ।
धरानमा यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक डिलर धरान ८ स्थित गजुरमुखी टे«ड एण्ड सर्भिस लिंकमा सोमबार उक्त नयाँ स्कुटरको एक समारोहबीच विभिन्न व्यक्तित्वहरुले अनावरण गरेका थिए । उक्त नयाँ स्कुटरको महिला सञ्जाल धरानकी अध्यक्ष सविता राई, पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले, मिस पुर्वाञ्चलकी विजेता रुवि लिम्बु, फष्ट रनरअप सिमरन श्रेष्ठ र एमएडब्लु इन्टरप्राइजेजका एरिया सेल्स मेनेजर रविन श्रेष्ठले संयुक्तरुपमा अनावरण गरेका थिए ।
सेल्स मेनेजर श्रेष्ठले ४ बर्षअघि बजारमा ल्याएको रे मोडलको स्कुटरलाई अपग्रेड गरेर पुनः बजारमा ल्याएको बताए । यो नयाँ स्कुटर ११३ सिसि ब्लु कोर इञ्जिन भएकोले पिकअप र माइलेजको लागि उत्कृष्ट भएको उनले बताए । ‘बोल्ड न्यु भाइजर, स्पोर्टी र आकर्षक डिजाइनको छ । यामाहाको २० प्रतिशत बजारलाई २५ प्रतिशतमा पुर्याउछ भन्ने विश्वास लिएका छौं,’उनले भने । उनका अनुसार दशै र तिहार लक्षित गरेर ७ हजारदेखि १ लाखसम्मको स्क्रयाच कुपन शुरु भएको छ ।
गजुरमुखीका प्रोपाइटर गोपाल आचार्यले नयाँ स्कुटर एडिसन पावर र स्टाइलको उत्कृष्ट समिश्रण भएको दाबी गर्दै अत्याधुनिक प्रविधि पनि भएको र स्पोर्टी रुचाउने ग्राहकहरुलाई उत्साह थप्ने बताए । नयाँ स्कुटरमा नकल गार्ड भएकोले चालकको हातको सुरक्षा गर्ने, डिजिटल इन्स्ट्रयुमेन्टल प्यानल, फ्रन्ट डिस्क ब्रेक एण्ड एलोइ ह्विल भएकोले आकर्षक डिजाइन र आत्मविश्वासपुर्ण ब्रेक लाग्ने उनले जानकारी दिए । रेड र रेसिङ ब्लु गरी २ वटा कलरमा रहेको यो नयाँ स्कुटरको बजार मुल्य २ लाख ८ हजार ९ सय तोकिएको छ ।

इटहरीमा पनि स्कुटर लञ्च

यामाहा मोटरसाईकल तथा स्कुटरको आधिकारिक विक्रेता तिरुपती अटो सिटी इटहरीेले पनि डिजिटल मिटर सहितको रे जेडआर स्कुटर बजारमा ल्याएको छ । उद्योग वाणिज्य संघ इटहरीका कार्यवाहक अध्यक्ष शैलेश विष्ट र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले बजारमा ल्याएको रे जेडआर स्कुटरको नयाँ संस्कृरणको स्ट्रिट ¥यालीको ओपनिङ गरेका थिए ।
विश्वमै प्रतिष्ठित मोडेलबाट प्रभावित भएको आकर्षण र नेपाली माटो सुहाउदो रे जेडआर स्कुटर सिरिजको नयाँ संस्करण स्ट्रिट ¥यालीको तिरुपति अटोले एक कार्यक्रम गरी विक्रीका लागि बजारमा ल्याएको जनाएको छ । आधुनिक प्रविधियुक्त ११३ सिसीमा उपलव्ध रहेको रे जेडआरमा चालकको हातको सुरक्षाका लागि नकल गार्ड, फ्रन्ट डिस्क ब्रेक एण्ड एलोइ ह्विल रहेको हेर्दा पनि आकर्षक रहेको बताएको छ । नेपाली बजारमा दुई लाख ८ हजार ९सय मुल्य पर्ने सो कार्यक्रममा तिरुपति अटो सिटीका सञ्चालक संयोग पराजुलीले जानकारी दिए ।
तस्बिर क्याप्सन :
पिक १, पिक २ : धरानमा यामाहा रे स्ट्रिट र्याली नयाँ स्कुटर अनावरण गरिदै ।

pic 1, dharan pic 3,dharan (1) र,
पिक ४ : इटहरीमा यामाहा रे जेडआर स्ट्रिट र्याली अनावरण हुदै ।

pic 4,itahari