अफगानिस्तान प्रिमियर लिग पनि खेल्ने १ अफगानिस्तान प्रिमियर लिग ९एपीएल० मा नेपालका लेग स्पिनर सन्दिप लामिछाने खेल्ने भएका छन् । अक्टोबरमा यूएईमा आयोजना हुने लिगमा सन्दिपले खेल्ने भएका हुन् । दुबईमा सोमबार भएको अक्सनमा सन्दीपलाई नान्गहार क्लबले लिएको हो । आईपीएलमा दिल्लीबाट खेलेका सन्दिप पछिल्लो समय सीपीएल पनि खेलेका थिए । एपीएलमा नेपालबाट सन्दिपसहित कप्तान पारस खड्का र सोमपाल कामी पनि ड्राफ्टमा रहेका थिए । सन्दिपलाई एशोसिएट राष्ट्रबाट अनुबन्ध गरिएको अफगानिस्तान क्रिकेट बोर्डले जनाएको छ । जसमा सबै खेलाडीलाई विभिन्न ६ वटा क्याटेगोरीमा राखिएको छ । आयोजकले क्याटेगोरीको नाम आइकन, डाइमन्ड, गोल्ड, सिल्भर, आईसीसी एसोसियट र इमर्जिङ भनेर राखेको छ। प्रतियोगितामा विभिन्न ५ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ । प्रतियोगिता अक्टोबर ५ देखि २१ तारिखसम्म यूएईको सारजाह क्रिकेट मैदानमा हुनेछ ।