धरान :  हिन्दु नारीहरुको महत्वपुर्ण पर्व भएपनि बुधबार सबै महिलाहरुले धुमधामसँग तीज मनाए । ब्रत बसेर विवाहित महिलाहरुले आफ्नो श्रीमान्को दीर्घायु र सुस्वास्थ्यको कामना गरे भने अविवाहित युवतीहरुले आफुले चाहेको पति पाउने कामना गर्दै ब्रत बसे । हिन्दु धर्मका आराध्यदेव शिवलाई पावर्तले कठोर ब्रत र तपस्या गरेर पाएको हुनाले तीजमा ब्रत बस्दा आफुले चाहेको पुरा हुने विश्वास गरिन्छ ।
तीज हिन्दु नारीहरुको मात्र पर्व भनिए पनि आदिबासी जनजातिहरुको सघन बसोबास भएको धरानमा उनीहरुले पनि ब्रत बसेर धुमधामले मनाउने गर्छन् । अघिल्लो दिन माइतीमा दर खाएका महिलाहरु भोलीपल्ट बिहानै ब्रत बसेर धरान १४ स्थित पिण्डेश्वर मन्दिर, धरान १२ स्थित गीता मन्दिरमा शिवको पुजा अर्चना गर्न जान्छन् । पुजा सकेर उनीहरु घर नफर्कि दिनभरजसो त्यही नाचगान गरेर रमाउछन् । बुधबार पिण्डेश्वर बाबाधाम समितिले तीजको अवसरमा मन्दिर परिसरमा तीज बिशेष कार्यक्रम आयोजना गरीदिएको थियो । जहाँ विभिन्न महिला समुहहरुले नृत्य प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा तेस्रो लिंगी दिपिका राईले पनि अन्य महिलाहरुसँग कम्मर मर्काइमर्काइ नाचेर तीज मनाइन् । उनले हरेक समुहको गीतमा छमछमी नाचेकी थिइन् ।

aIMG_4297 aIMG_4331 aIMG_4299 aIMG_4301 aIMG_4327 aIMG_4340 aIMG_4339 aIMG_4349 aIMG_4352 aIMG_4350 aIMG_4353 aIMG_4356 aIMG_4357 c