इटहरी । इटहरीको रंगशालामा इटहरी उसु क्वानको आयोजनामा दोश्रो इन्डो नेपाल आमन्त्रण उसु प्रतियोगिता सुरु भएको छ । दुई दिनसम्म चल्ने खेलको सामाजिक बिकास मन्त्री जिवन घिमिरेले उदघाटन गरेका छन् ।
इटहरीमा दोश्रो पटक भएको खेलमा जम्मा २ सय ४५ जना खेलाडीको सहभागीता रहेको छ भने केहि भारतबाट समेत खेलमा सहभागीता जनाएका छन् । खेलकुदले मानिसको दैनिकी परिवर्तन हुन सक्छ भने राष्ट्रको पहिचान पनि हुनसक्ने भएकाले यो खेलको आयोजना गरिएको क्वानका अध्यक्ष मिन कुमार सारु मगरले जानकारी दिए । खेलको पहिलो टिमलाई २५ हजार नगद सहित प्रमाण पत्र, ट्रफि लगायत दोश्रो र तेश्रोलाई क्रमश १५ हजार र १० हजार दिने मगरले जनाएका छन् ।
इटहरीलाई पछिल्लो समय स्पोर्टस सिटि बनाउने अभियान चलिरहेको छ । उक्त अभियानलाई यस्तो राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुले इटहरी चिनाउने भएकोकारण इटहरी उपमहानगरपालिकाले पनि खेलकुदको क्षेत्रमा ध्यान दिनुपर्ने आयोजकले बताएको छ ।