धरान :  सितो रियो करातेका अन्तराष्ट्रीय खेलाडी रोहित राई सम्मानित भएका छन् । खोटाङमा जन्मिएर हाल धरान १६ निवासी राईलाई नेपाल फिजिकल ट्रेनिङ एशोसिएशन, क्षेत्रीय समिति धरानले आइतबार धनकुटाको विश्रान्ती मन्दिरमा ताम्रपत्रसहित सम्मान गरेको हो । एशोसिएशनले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत विश्रान्तीमा आश्रय लिइरहेका वृद्धवृद्धाहरुलाई न्यानो कम्बल वितरण कार्यक्रममा खेलाडी राईलाई पनि बिशेष सम्मान गरेको हो । एशोसिएशनका अध्यक्ष पर्वत राई र प्रमुख अतिथि एवं संघीय इकाई प्रहरी कार्यालयका एसएसपी सरदकुमार खत्रीले खादा, ढाका टोपी लगाउनुका साथै ताम्रपत्रसहित उनलाई सम्मान गरेका हुन् । खोटाङ दिक्तेलमा जन्मिएका ३३ बर्षीय खेलाडी राई सितो रियोका अन्र्तराष्ट्रिय खेलाडी हुन् । उनी गत साउन २ देखि ६ गतेसम्म थाइल्याण्डमा आयोजना भएको थाइल्याण्ड ओपन कराते डो च्याम्पियनसिप २०१८ इन्डोर स्टेडियम बैंककमा नेपालबाट प्रतिनिधित्व गरेका थिए । हाल धरानमा बसोबास गरिरहेका उनलाई हौसला प्रदान गर्न सम्मान गरिएको एशोसिएशनले जनाएको छ । ‘देशको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रीय स्तरमा आफ्नो खेल कौशल प्रर्दशन गर्ने खेलाडीहरुलाई प्रोत्साहन गर्न सम्मान गरेका हौं,’अध्यक्ष राईले भने । खेलाडी राईले पनि सम्मानबाट हौसला मिलेको प्रतिक्रिया दिए । ‘खेलाडीकोरुपमा सम्मान पाउदा ज्यादै खुशी छुँ,’उनले भने ।