आजबाट हामीले प्रदेश नं. १ बाट प्रकाशति हुने स्थानिय पत्रपत्रिकाहरुमा प्रकाशन भएका स्थानिय समाचारहरुलाई संप्क्षित रुपमा प्रकाशन गर्ने जमर्को गरेका छौ ।
ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाट टाइम्स दैनिकले “बनिनसक्दै भत्कियो कालोपत्रे” शिर्षकको धरानको समाचारलाई प्रमुख समाचारको रुपमा छापेको छ । त्यसै गरी “भारि बोकेरै छोराछोरीलाई डाक्टर पढाउने धोको” शिर्षकको ताप्लेजुङको समाचारलाई पनि मुख्य समाचारका रुपमा प्रकाशन गरेका छ ।
धरानको पुरानो बजारमा भर्खरै निमार्ण सम्पन्न भएको सिहंदेवि चौक दक्षिण तर्फको कालोपत्रे भत्किन थालेको छ । स्थानियबासीका अनुसार निर्माण कम्पनीले गुणस्तरहिन र कमसल सामग्री प्रयोग गरी कालोपत्रे निर्माण गरेकोले भत्केको बताएका छन् । निर्माण ठेक्का सम्झौता अनुसार चार सय ३७ मिटर सडक निर्माण गर्नु पर्ने भए पनि दुई सय ६७ मिटर मात्र सडक निर्माण भएको छ । सडक मात्र होइन सडकका दुबै तर्फका डेन तथा त्यस माथि प्रयोग हुने स्ल्याबको कार्यमा पनि चरम लापरवाही देखिएको छ । स्थानीयबासी वनवरलाल जैनका अनुसार ‘ निर्माण कम्पनीले पुरै बदमास गरी काम गरेकाले दुई महिना नबित्दै पिच भत्किएको छ, जहिल्यै पनि राती राती काम गरायो कुन ठा“उमा पेल्यो कुन ठाउमा पेलेन त्यही भएर पिच भत्कियो ’


विवेचना दैनिक : आज झापाबाट प्रकाशन हुने विवेचना दैनिकले प्रदेश १ मा " सबै भन्दा धेरै व्यावसायीक प्रतिष्ठान झापामा" त्यसै गरी विवेचना दैनिकमै "कृषि अनुदानमा सेटिङ रोक्न कार्यदल" शीर्षकको समाचारलाई मुख्य समाचार बनाएर छापेको छ । केन्द्रीय तथ्याकं विभागको आर्थिक जनगणना २०७५ अनुसार प्रदेश १ का १४ जिल्लामध्ये सबैभन्दा धेरै व्यावसायिक प्रतिष्ठान झापामा छन् । सबै भन्दा थोरै तेह्रथुमा छन् । प्रदेश १ मा पर्ने १४ जिल्लामा कुल एक लाख ६८ हजार ४३४ व्यावसायीक प्रतिष्ठान छन् । ती व्यावसायीक प्रतिष्ठानमा पाच लाख ८० हजारले रोजगारी पाएका छन् । जस मध्ये पुरुष ३ लाख ३४ हजार १९० र दुई लाख ४५ हजार ८१० महिला रहेका छन् ।
शनिबार झापाका १५ स्थानीय तहका प्रमख र उपप्रमुखहरुको कनकाई नगरपालिकामा भएको भेलामा सहभागीहरुले कृषि अनुदानमा सेटिङ रोक्न विज्ञहरु सहितको कार्यदल बनाउने निष्कर्ष निकालेका हुन् । कृषिमा आउने अनुदान सधै कागज मिलाएर पर्ने र सच्चा कृषक सधै उपेक्षित हुनु परेको निष्कर्ष निकाल्दै वास्तविक कृषकमा अनुदान पुग्नु पर्ने कुरामा सहभागिहरुले तत्परता देखाएका छन् । कृषि अनुदानमा भएको सेटिङलाई निर्मुल पारी वास्तविक किसानको हातमा अनुदान पु¥याउने र कम्तिमा झापालाई धान मकै र अन्नबालिमा आत्मनिर्भर बनाउनु पर्ने कुरामा सहभागिले जोडदिएका छन् ।


उद्घोष दैनिक :विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “ पूर्वाञ्चल विश्वविद्यालयलाई तालाबन्दीको श्रृङ्खला ”शीर्षकमा प्रमुख समाचार छापेको छ ।
नेपाल विद्यार्थी संघले पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिको, कार्यलय, रजिष्ट्रार, सबै संकायका डीनको कार्यालय र लेखा शाखामा आइतबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेको छ । प्राज्ञिक संस्थाका रुपमा रहेको विश्वविद्यालयलाई वर्तमान सरकारले राजनीतिक गतिविधि गर्ने थलोका रुपमा प्रयोग गरेको विरोधमा तालाबन्दी गरेको नविसंघले जनाएको छ । संघका केन्द्रिय सह–महामन्त्री कृष्ण कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले आफ्ना कार्यकर्ता लगाएर विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाएको, योग्यता र क्षमताभन्दा पार्टीका कार्यकर्ता र नातागोतालाई पदाधिकारी बनाउन लागेको भन्दै तालाबन्दी गरीएको उल्लेख छ ।