विवेचना दैनिक  : झापाबाट प्रकाशन हुने विबेचना दैनिकले “नेपालकै ठुलो प्लान्ट सहित झापामा चाउचाउ उद्योग” शिर्षकको समाचारलाई प्रमुख समाचारको रुपमा छापेको छ ।
उत्पादन क्षमताले नेपालमै सबैभन्दा ठुलो नुडल्स प्लान्ट राखेर झापामा चाउचाउ उद्योग सञ्चालनमा आएको छ । पूर्वाञ्चलकै प्रतिष्ठित उद्योगी तथा नेपालकै ख्यातिप्राप्त दक्ष चाउचाउ विशेषज्ञहरुको लगानीमा झापाको मेचीनगर १४ स्थित दुवागढीमा मनषा थाई फुड्स प्रा. लि. सञ्चालनमा आएको हो । उद्योगमा एक अर्ब रुपैयाँको लगानी भएको सञ्चालक पर्शुराम अग्रवालले जानकारी दिए । सञ्चालनमा आएको उद्योगबाट दैनिक सात लाख पचास हजार प्याकेट चाउचाउ उत्पादन गर्न सकिने उनले बताए । झापामा औद्योगिक क्षेत्रको विकास गर्ने उद्देश्यले चाउचाउ उद्योग सञ्चालनमा ल्याएको उनले बताए । ‘सरकारले एक घर एक रोजगारीको अवधारणा ल्याएको छ, रोजगारी सिर्जनाका लागि पनि उद्योग स्थापना गरेका छौँ’ उनले भने ।
मनषा थाई फुड्स् मेची अञ्चलमै पहिलो तयारी चाउचाउ उद्योग रहेको सञ्चालक बुद्धि घिमिरेले जानकारी दिए । पहिलो चरणमा उद्योगबाट उत्पादित चाउचाउ नेपालका सातै प्रदे्रश र भारतीय बजारमा नियार्त गर्ने लक्ष्य रहेको जनाइएको छ । निकट भविष्यमै अमेरिका र अष्टे«लिया समेत नियार्त गर्ने कम्पनीको योजना छ ।

ब्लाष्ट टाईम्स दैनिक : धरानबाट प्रकाशन हुने ब्लाष्ट प्रकाशन हुने ब्लाष्ट टाईम्स दैनिकले “धनकुटा इन्स्टिच्युटद्वारा विद्यार्थी भर्नामा ब्रम्हलुट ” शिर्षकको समाचारलाई तस्बिर सहित प्रमुख समाचारको रुपमा प्रकाशन गरेको छ । धनकुटा । धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्सले विद्यार्थी भर्नामा सिटिइभिटीले तोकेको भन्दा बढी शुल्क लिएको पाइएको छ । । सिटिइभिटीले शैक्षिक सत्र ०७५र०७६ मा प्रशिक्षार्थी भर्ना शुल्क लिँदा तोकेको भन्दा बढी लिएको जनगुनासोका आधारमा सार्वजनिक सूचना जारी गरेको थियो । धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्सले विगतदेखि नै सञ्चालन गरिरहेको एचए, अनमी र सिएमए कक्षाहरूमा तोकिएभन्दा बढी भर्नाशुल्क लिएको विद्यार्थीहरूले गुनासो गरेका छन् । Capture


सिटिइभिटीले परिषद्बाट मान्यताप्राप्त संस्थाहरूले भर्नाको क्रममा तोकिएको भन्दा बढी शुल्क लिन नपाइने र शुल्क लिँदा पनि डिप्लोमा तथा प्रमाण–पत्र तह सामान्य चिकित्सा तीनवर्षे कार्यक्रमको शुल्कलाई खण्डीकरण गरेर प्रथम वर्ष ४० प्रतिशत, दोस्रो वर्ष ३० प्रतिशत र तेस्रो वर्ष पनि ३० प्रतिशतका दरले तोकिएको शुल्क लिनुपर्ने उल्लेख छ । तर धनकुटा इन्स्टिच्युटले भने तीनवर्षको लागि सामान्य चिकित्सा एचएको लागि तीनवर्षको कुल ४ लाख ४ हजारको पहिलो वर्ष ४० प्रतिशतले हुन आउने भर्ना शुल्क १ लाख ६१ हजार ६ सय लिनुपर्नेमा सोभन्दा बढी लिएको पाइएको हो । एचएमा धनकुटा इन्स्टिच्युटले भर्ना हुने बित्तिकै प्रथम किस्ता बापत २ लाख ४७ हजार लिएको प्रशिक्षार्थीहरूले बताए । उनीहरूले एचएको भर्नाको लागि प्रथम किस्ता बापत भन्दै ४ वटा शीर्षकमा रकम लिएको बताए । जसमध्ये तीनवर्षे एचएको पठन–पाठन शुल्क, रजिष्ट्रेशन शुल्क भनेर १ लाख ६१ हजार ६ सय, धरौटी बापत शुल्क १० हजार, विभिन्न सामान खरिद शुल्क बापत ३ वर्षको लागि ४५ हजार र थप ३० हजार भने अग्रिम शुल्क बापत गरी २ लाख ४७ हजार ४० जना प्रशिक्षार्थीहरूबाट लिने गरेको बताए । यसरी हेर्दा ३ वर्षमा प्रतिप्रशिक्षार्थी ४ लाख ८० हजारका दरले सिटिइभिटीले तोकेभन्दा ७६ हजार रूपैयाँ बढी लिइने देखिन्छ । त्यसो त १८ महिने सिएमएमा पनि सिटिइभिटीले प्रतिप्रशिक्षार्थी १ लाख भर्ना, रजिष्ट्रेशन लगायतको पठन–पाठन शुल्क तोकेको भए पनि धनकुटा इन्स्टिच्युटले भने ३ वटा शीर्षक मिलाएर अग्रिम १ लाख ४५ हजार लिने गरेको स्रोतले दाबी गरेको छ ।

उद्घोष दैनिक :  विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “एसपी खनाललाई थुनामुक्त गर्न आदेश” शीर्षकमा प्रमुख समाचार छापेको छ ।
उच्च अदालत विराटनगरले मंगलबार सुन तस्कारी प्रकरणका अर्का एक अभियुक्त एसपी विकाराज खनाललाई थुनामुक्त गर्ने आदेश दिएको छ । अदालको आदेशमा थुनामुक्त हुने खनाल तेस्रो प्रहरी अधिकृत हुन् । यसअघि अदालतले दुई जना प्रहरी अधिकृतलाई थुनामुक्त गर्ने आदेश दिइसकेको छ । जिल्ला अदालत मोरङको आदेश उल्टाउदै उच्च अदालतले खनाललाई थुनामुक्त गरी साधा तारेखमा अनुसन्धान गर्न आदेश दिएको हो । न्यायाधीश नागेन्द्रलाभ कर्ण र थीरबहादुर कार्कीको संयुक्त इजलासले मुद्दाका प्रतिवादी विकासराज खनाललाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने अवस्था देखिन आएन उल्लेख गर्दै जिल्ला अदालत मोरङको मिति २०७५ जेठ ५ गतेको आदेश बदर गरेको हो ।


त्यसै गरी उद्घोष दैनिकमै “उमेर नपुगी गर्भवती” शिर्षकमा अर्को समाचार छापेको छ ।   सचेत नागाकिहरु बस्ने शहरको रुपमा चिनिएको विराटनगरमा उमेर नपुगी गर्भवती हुने किशोरीको संख्या धेरै पाइएको छ । परिवार नियोजन, यौन तथा प्रजनन् स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएका नेपाल परिवार नियोजन संघ मोरङ र मेरी स्टोप्स् क्लिनिकमा आउने तथ्याङ्कले २० वर्ष नपुगी गर्भवती हुनेको संख्या धेरै देखाएको छ । परिवार नियोजन संघ मोरङ शाखाले गत पुसदेखि असार १६ गतेसम्मको ६ महिनाको अवधिमा सुरक्षित गर्भपतनका लागि आएका १ सय ८६ जना आधा २४ वर्ष मुनिका भएकोमा ३ जना १५ देखि १९ वर्षका छन् । सो अवधिमा गर्भवती जाँचका लागि आएका एक हजार ९ सय ६९ मा २ सय ३० जना १९ वर्षभित्रका रहेको सो कार्यलयका वरिष्ठ शाखा प्रमुख शंकर दाहालले जानकारी दिए । गर्भवती जाँच गराउन आएका ५८ प्रतिशत २४ वर्षसम्मका थिए ।