धरान : संविधान दिवसको अवसरमा आज देशभर विविध कार्यक्रमहरु भइरहेको छ । दोस्रो संविधान सभाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ जारी भएको असोज ३ गतेलाई संविधान दिवसकोरुपमा मनाउने गरिएको छ ।

यो दिनलाई नेपाल सरकारले राष्ट्रिय दिवसकोरुपमा मनाउने घोषणा गरेको छ । केही मधेशवादी दलले समर्थन नगरेको भएपनि दोस्रो संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको थियो । सोही संविधानअनुसार स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचनमा बहिष्कार गरेको मधेशवादी दलहरु पनि सहभागी भएपछि भने संविधान कार्यान्वयनको दिशामा अघि बढेको छ । विभिन्न ऐन, कानुनहरु पनि धमाधम निर्माण हुन थालेपछि संविधानप्रति सबैको अपनत्व भइरहेको छ । अझ संविधानलाई बहिष्कार गरेको प्रदेश नं २ मा मधेशवादी दलकै प्रदेश सरकार गठन भएपछि संविधान सर्वस्वीकार्य भइसकेको छ ।

aIMG_4479

        यसैसन्दर्भमा, आज धरान उपमहानगरपालिकाले संविधान दिवसको दिन बिहान प्रभात फेरी निकालेको छ । उपमहानगरपालिकाबाट निस्किएको प्रभात फेरी भानुचोक लोकतान्त्रिक चौतारीमा पुगेर टुंगिएको थियो । त्यहाँ कार्यवाहक प्रमुख मञ्जु भण्डारीले सम्बोधन गर्दै संविधानले सबै जाति, भाषा, सँस्कृति, लैगिकलगयत अधिकारहरु सुनिश्चित गरेको बताइन् । यस्तै, नागरिकहरुको मौलिक हक अधिकारलाई संविधानले स्थापित गरेको र धमाधम कानुन, ऐनहरु पनि निर्माण भइरहेको बताइन् ।

उपमहानगरपालिकाले संविधान दिवसको अवसरमा तीन दिने कार्यक्रम पनि आयोजना गरी रहेको छ । असोज २ गते विभिन्न चोकहरुमा राष्ट्रिय झण्डा राख्नुका साथै साँझमा चोकहरुमा दिप प्रज्वलन गरिएको थियो भने घरहरुमा पनि दिपावली गरिएको थियो । आज प्रभात फेरी निकालिनुका साथै वतृत्वकला प्रतियोगिता हुनेछ भने भोली ४ गते संविधानविद टिकाराम भटराई प्रमुख वक्ता रहेको अन्र्तक्रिया सुनसरी उद्योग वाणिज्य संघमा आयोजना हुनेछ ।

फोटोफिचर :

aIMG_4476 aIMG_4475 aIMG_4461 aIMG_4477 IMG_20180919_074652IMG_20180919_074739 IMG_20180919_081017