मलेसिया : मलेसियामा विषाक्त रक्सी पिउँदा चार नेपालीसहित १५ जनाको ज्यान गएको छ । ज्यान गुमाएका चार नेपालीमध्ये दुई जनाको मात्र नाम खुल्न सकेको छ ।

मलेसियाको राजधानी क्वालालम्पुर नजिकै सेलेङ्गोर सहरमा बस्दै आएका सञ्जय उराव र विशाल बुढाथोकीको ज्यान गएको मलेसियाका लागि कार्यबाहक राजदूत कुमारराज खरेलले जानकारी दिएका छन् । मलेसियाको समयअनुसार बेलुकी ६ बजेसम्म चार नेपालीको ज्यान गएकोे र दुई जनाको परिचय खुलेको राजदुत खरेलले जानकारी दिए । राति ९ बजेसम्म ज्यान जानेको संख्या १५ पुगेके छ । त्यसौले मृत्यु हुने नेपालीको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । ‘आधिकारिक विवरण लिने र खोजी गर्ने काम भइरहेको छ,’राजदुत खरेलले भने ।
मृत्यु हुनेको संख्या १५ पुगेपनि सोही बिषाक्त रक्सीले बिरामी हुनेको संख्या भने ३३ पुगेको छ । ती मध्ये १५ जना नेपालीको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार उनीहरुले मन्डली ह्विस्की, किङ फिसर बियर र ग्राण्ड रोयल ह्विस्की खाएकाहरु थिए ।