इटहरी : पाँचौं परिवार नियोजन तथा नेपाल परिवार नियोजन संघको ६० औं बार्षिक उत्सवका अवसर पारेर सुनसरीको इटहरीमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ ।
इटहरी उपमहानगरपालिकाको आयोजनामा इटहरी क्षेत्रमा प्रभातफेरी र चेतनामुलक कार्यक्रम भएको थियो । परिवार नियोजन दिवसका अवसरमा आयोजित प्रभात फेरीमा इटहरी क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थी, स्वयमसेविका, सामाजिक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । प्रभातफेरी पछि आयोजित कोणसभामा परिवार नियोजनका सम्वन्धमा चेतनामुलक सन्देशहरुका विषयमा चर्चा गरिएको थियो । इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षता भएको कार्यक्रममा परिवार नियोजनका विषयमा डा.बालकृष्ण झा, कुमार गिरी, डम्वर श्रेष्ठ लगायतले बोलेका थिए । युवा विकास केन्द्र, पिसआई नेपाल, मेरीस्टोप लगायतका संघसंस्थाहरुको कार्यक्रममा सहभागिता रहेको युवा विकास केन्द्रका सञ्जय चौधरीले जानकारी दिए ।