इटहरी : उपचारका क्रममा विरामीहरुलाई आवश्यक पर्ने रगत सहजरुपमा उपलव्ध गराउने उद्देश्यले इटहरीमा आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् ।
लायन्स क्लव अफ इटहरी सिटीले आयोजनामा गरेको रक्तदान कार्यक्रममा ५१ जना महिला तथा पुरुषले रक्तदान गरेका हुन । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र धरानको प्राविधिक सहयोगमा संकलन भएको रक्तदान कार्यक्रम रञ्जु सिग्देलको सक्रियतामा आयोजना गरिएको लायन्स क्लव अफ इटहरी सिटीका सचिव लोकेन्द्र ढकालले जानकारी दिए । पुर्व क्षेत्रकै सबै भन्दा बढी विरामीहरु आउने धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रगत अभाव नहोस् भनेर रक्तदान गरिएकोसमेत उनले बताए ।
नेपाल रेडक्रम सोसाइटी इटहरी उपशाखाका उपाध्यक्ष दिनेश भट्टराईको प्रमुख अतिथ्यतामा सम्पन्न रक्तदान कार्यक्रममा इटहरी क्षेत्रका सामाजिक व्यक्तित्वहरु हिरा आचार्य, नवराज सापकोटा, सञ्जीव ढुगांनालगायतको उपस्थिति रहेको थियो । पुर्व क्षेत्रमा हुने रक्तदान कार्यक्रममा सबै भन्दा ठुलो हिस्सा इटहरी क्षेत्रबाट रक्त सञ्चार केन्द्र धरानमा ४० प्रतिशत रगत संकलन हुने तथ्यांक रहेको छ