च्याम्पियन्स लिगमा बुधबार राति भएका आ-आफ्ना पहिलो खेलमा इङ्लिस क्लब म्यानचेस्टर सिटीले खराब सुरुवात गरेको छ भने म्यानचेस्टर यूनाइटेडले सहज जित हासिल गरेको छ।

सिटी लियोनसँग २-१ गोलअन्तरले स्तब्ध बन्दा यूनाइटेडले योङ ब्वाइजलाई ३-० ले पराजित गऱ्यो।

प्रिमियर लिग च्याम्पियन सिटीलाई पराजित गर्न लियोनका म्याक्सवेल कोरनेट र फेकिरले गोल गरेका थिए। यस्तै सिटीका बेनार्डो सिल्भाले एक गोल फर्काए।

यता समूह जीको बुधबार राति नै भएको खेलमा यूनाइटेडले योङ ब्वाइजविरुद्ध ३-० को जित हात पारेको छ।

पाउल पोग्बाको दोहोरो गोल र एन्थोनी मार्टियलको एक गोलको मद्दतमा यूनाइटेडले च्याम्पियन्स लिगमा विजय सुरुवात गरेको हो।