इनरुवा : स्थानीय राजनीतिकर्मी तथा शिक्षासेवी खर्सिद आलमको बिहिबार गोली हानी हत्या गरिएको घटनाको विरोधमा आन्दोलित स्थानीयबासीहरुले हरिनगर २, भुटाहास्थित प्रहरी चौकीमा तोडफोडको प्रयास गरेका छन् ।
घटना भएकै दिनदेखि आक्रोशित स्थानीयबासीहरुले शुक्रबार बिहानदेखि नै भुटाहामा निरन्तर नाराबारी गरिरहेका छन् । उनीहरुले प्रहरी चौकीमा तोडफोडको प्रयास गरेपनि अप्रिय घटना भने हुन पाएन । कतिपय स्थानीयले नै भिडलाई सम्झाउने काम गरेपछि ठुलो घटना हुनबाट भुटाहा जोगिएको छ । प्रहरीको संयमता र स्थानीय बुद्धिजिविहरुको सुझबुझको कारण झडप हुनबाट भुटाहा जोगिएको छ । स्थानीय पत्रकार जयकृष्ण यादवका अनुसार आक्रोशित स्थानीयहरुले प्रहरी कार्यालयको वाल, काडे तारबारलाई भत्काइदिएका छन् । तर, प्रहरी आफैले पनि सम्झाई बुझाई गरेको कारण घटनाले उग्ररुप लिएन । बिहिबार राती प्रहरी प्रशासन र आन्दोलित स्थानीयबासीबीचको छलफलमा उठेको अधिकांश बिषयलाई शुक्रबार बिहानै गृहमन्त्रालयले सम्बोधन गरेको कारणले पनि स्थानीयबासीको आन्दोलन भड्किने मौका पाएन । उनीहरुले नाराजुलससहित आन्दोलनलाई भने निरन्तरता दिइराखेका छन् । ‘प्रहरी चौकीमा तोडफोडको प्रयाससम्म भयो, वाल र तारबार पनि भत्कियो तर झडपको स्थिति भएन,’पत्रकार यादवले भने । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद उप्रेतीले स्थानीयको आन्दोलन जारी रहेपनि शान्तिपुर्ण अवस्थामा रहेको बताए । स्थानीयका अधिकांश माग मन्त्रालयले सम्बोधन गरिसकेको र क्याबिनेटबाट पनि पुरा हुने भएकोले स्थानीयहरुलाई धैयता नगुमाउन र शान्ति कायम राख्न आफुले आग्रह, समन्वय गरिरहेको उनले बताए ।

42215694_246125626246445_6715803905625686016_n copy 1

स्थानीयको माग वमोजिम गृहमन्त्रालयले शुक्रबार बिहानै अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबि)को टोली घटनास्थलमा पठाइसकेको छ । यस्तै, प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका एसएसपी किसोर कुमार दाहालको संयोजकत्वमा ५ सदस्यीय उच्चस्तरीय छानबिन समिति पनि गठन गरिसकेको छ । स्थानीयको माग वमोजिम गृहमन्त्री रामबहादुर थापा वादलले स्थानीयबासीको ५ सस्यीय टोलीसँग भेट गर्ने भएका छन् भने मृतक खुर्सिद आलमलाई शहीद घोषणा र क्षतिपुर्ति दिनुपर्ने मागबारे दिउँसो बस्ने क्याबिनेट बैठकले निर्णय गर्नेछ ।

फोटो सौजन्य : नसिम अन्सारी

42238175_726433867716637_36117552518135808_n copy 42338188_592936731109216_336176947207864320_n copy 42203262_2248050848757807_3682129828556832768_n copy 1 42247241_557584454677043_687058827350114304_n copy 1