धरान : नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को प्रदेश नं १ मा इञ्चार्जको जिम्मेवारी भीमप्रसाद आचार्यले पाएका छन् भन सह इञ्चार्ज सावित्रीकुमार काफ्लेले जिम्मेवारी पाएका छन ।
नेकपाको शुक्रबार बिहान बसेको सचिवालय बैठकले प्रदेशको जिम्मेवारी बाँडफाट गर्दा आचार्यले इञ्चार्ज र काफ्लेले सहइञ्चार्जको जिम्मेवारी पाएका हुन् । यस्तै, प्रदेश १ को अध्यक्षमा देवराज घिमिरे र सचिवमा सुरेशकुमार राई(हिमाल)ले जिम्मेवारी पााएका छन् । यसैगरि, प्रदेश २ को इन्चार्जमा सत्यनारायण मण्डल र सह-इन्चार्जमा विश्वनाथ साहले जिम्मेवारी पाएका छन् भने अध्यक्षमा प्रभु साह र सचिवमा सुमनराज प्याकुरेलले जिम्मेवारी पाएका छन् ।
उता, प्रदेश ३ इन्चार्जमा अष्टलक्ष्मी शाक्य र सह-इन्चार्जमा नारायण दाहाल रहदा अध्यक्षमा हितराज तामाङ र सचिवमा आनन्द पोखरेल छन् । यस्तै, गण्डकी प्रदेश इन्चार्जमा पृथ्वीसुब्बा गुरुङ र सहइन्चार्ज खगराज अधिकारी हुदा अध्यक्षमा हितराज पाण्डे र सचिवमा गोविन्द नेपालीले जिम्मेवारी पाएका छन् । प्रदेश ५ इन्चार्जमा शंकर पोखरेल र सह-इन्चार्ज दलबहादुर राना मगर छन् भने अध्यक्षमा ओनसरी घर्ती र सचिवमा जगतप्रसाद शर्माले जिम्मेवारी पाएका छन् ।
यसैगरि,कर्णाली प्रदेश इच्चार्जमा जनार्दन शर्मा र सहइन्चार्ज यमलाल कँडेलले जिम्मेवारी पाउदा अध्यक्षमा गोरख बोगटी र सचिवमा मायाप्रसाद शर्माले जिम्मेवारी पाएको नेकपाले जनाएको छ । प्रदेश ७ इन्चार्जमा भीम रावल र सहइन्चार्ज लक्ष्मीदत्त जोशी छन् भने अध्यक्षमा कर्ण थापा र सचिवमा सिंहराज चौधरी(नेपबहादुर)ले जिम्मेवारी पाएको नेकपाको सचिवालयले जानकारी दिएको छ ।