झापाबाट प्रकाशन हुने विवेचना दैनिकले "प्रदेश १ ले माग्यो ६१३ कर्मचारी" शिर्षकको समाचारलाई प्रमुख समाचारको रुपमा छापेको छ ।प्रदेश १ सरकारले प्रदेश संरचनाको लागि अपुग कर्मचारी संघीय सरकारसँग माग गरेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले निर्माण गर्न लागेका संरचनाको लागि अपुग भएका कर्मचारी संघीय सरकारसँग माग गरेको जानकारी दिए । मन्त्री कार्कीले भने, ‘संघीय सरकारले तीन हजार ७२१ दरबन्दी पठाएको थियो । पुनः त्यहाँ थपघट गर्न भनेको थियो । हामीले अहिले चार हजार ३४७ कर्मचारी आवश्याकता औल्याउँदै माग गरेका छौँ ।’ सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीका अनुसार संघीय सरकारले पठाएको दरबन्दीभन्दा ६१३ जना बढी कर्मचारी प्रदेश सरकारले माग गरेको छ । ‘दसैँभित्रै प्रदेश सरकार अधिकांश कार्यालयहरू १४ जिल्लामा खुल्ने छन्’, मन्त्री कार्कीले भने, ‘केही दिनभित्र पहिलोपटक धनकुटामा शिक्षा, स्वास्थ्यको निर्देशानालय स्थापना गर्ने तयारीमा छौँ ।’ कार्कीका अनुसार प्रत्येक जिल्लामा प्रदेशका विभिन्न मन्त्रालयका कार्यलयहरू स्थापना हुनेछन् । जसमा कृषि, भौतिक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, कोष तथा लेखा नियन्त्रक कार्यलयहरूको कर्मचारी माग गरिएको हो ।
धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “करोडौं उठाएर फरार ” शिर्षकको इटहरीको समाचारलाई प्रमुख समाचारको रुपमा छापेको छ । इटहरी स्थित भीमदिङ याङसाम ज्बेलर्सका सञ्चालक सर्वशाधारणको करोडौं रुपैंया ठगी गरेर फरार भएका छन्
सर्वसाधारणको आठ करोड भन्दा बढी रकम उठाएर सञ्चालक भागेपछी बचतकर्ताहरुको रुवाबासी मच्चीएको छ ।

“समन्वयको अभावमा सहजै भागे अपराधी ” शिर्षकमा विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले समाचार छापेको छ।्
प्रहरी चौकीदेखि करिब एक किलोमिटर दक्षिणपुर्व सशस्त्र प्रहरीको सीमा सुरक्षा चौकी छ । जहाँ ३६ जनाको दरबन्दी छ । तर आठ किलोमिटर पार गर्दा सम्म प्रहरीले आफ्नै चौकीसंग कुनै समन्वय गरेन ।