धरान : दौड प्रतियोगिता आयोजना गरेर स्थापना गरिएको धरान रन–नेवा एजुकेसन फण्डले दोस्रो पटक छात्रवृत्ति प्रदान गरको छ ।
धरानको भानुचोकस्थित धरान रनको कार्यालयमा शनिबार एक कार्यक्रम आयोजना गरी सामुदायिक विद्यालयका १७ जना विद्यार्थीहरुलाई दोस्रो पटक छात्रवृत्ति प्रदान गरेको हो । धरान रनका अध्यक्ष रमु राईका अनुसार विद्यार्थीहरुलाई आवश्यक विभिन्न शैक्षिक सामग्रीहरु प्रदान गरिएको छ । ‘गएको बैशाख महिनामा पहिलो छात्रवृत्ति दिइएको थियो । गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति दिदै आएका छौं,’अध्यक्ष राईले भने । विद्यार्थीहरुलाई पत्रकार जनकऋषि राईले कपी, पेन्सिल, रंग पेन्सिललगायत सामग्रीहरु प्रदान गरेका थिए ।
संस्थाले गरिब तथा जेहन्दार बिधार्थीहरुको शैक्षिक अवस्थाको अनुगमन गर्ने र अभिावकहरुसँग पढाई सम्बधी सरसल्लाह पनि गर्ने गरेको जनाएको छ । गत फागुनमा आयोजना गरिएको धरान रन नेवा च्यारेटी ८ किमि रन आयोजना गरेको संस्थाले खर्च कटाएर बचेको रकमले छात्रवृत्ति कोष नेवा एजुकेशन फण्ड स्थापना गरेको थियो । कोष स्थापना हुनु अघि पनि हरेक बर्ष धरान रनले शैक्षिक तथा सामाजिक सेवामा सहयोग गर्दै आइरहेको थियो

1 104