इटहरी : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले इटहरी चोकमा सेन्ट्रल प्लाजाको उद्घाटन गरेका छन् । प्लाजाको उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्लाजाले इटहरीको थप गौरव बढाउने काम गरेको बताए ।
प्रदेश १ लाई समृद्ध प्रदेश बनाउने प्रदेश सरकारको अवधारणामा प्लाजाले थप योगदान पुग्ने मुख्यमन्त्री राईको भनाई थियो । उक्त प्लाजा व्यावसायी राजेश श्रेष्ठले ५० करोड बढी लागतमा निर्माण गरेका हुन् । मुख्यमन्त्री राईले प्रदेश एकलाई पर्यटकीय सुन्दर र सफा शहरको रुपमा स्थापित गराउन इटहरीलाई अझ धेरै विषयमा सुधार गर्ने कार्यमा सवैको साझेदारी हुनुपर्नेमा पनि जोड दिए । व्यवसायी श्रेष्ठको अध्यक्षतामा भएको भवन उद्घाटन समारोहमा सासद सर्वध्वज सावाले इटहरीमा भौतिक पूर्वाधार थपिएकोमा खुशी ब्यक्त गरे ।

1 109