विबेचना दैनिक  : झापाबाट प्रकाशन हुने विवेचना दैनिकले “लागुऔषधका लागि जोगबनी धाउँदै युवा” शिर्षकको समाचारलाई प्रमुख समाचारको रुपमा प्रकाशन गरेको छ ।
नेपाल–भारत सीमा क्षेत्र जोगबनीमा पुगेर लागुऔषध प्रयोग गर्ने नेपाली युवाको लर्को छ । सरकारले दिनदिनै लागुऔषध प्रयोगकर्ता घटाउने विभिन्न कार्यक्रम गरिरहेको छ । तर, लागुऔषध प्र्रयोगकर्ताको संख्या घट्नुभन्दा बढ्दो क्रममा छ । सडक बालबालिका हुन् या अन्य बालबालिका पनि साथी संगतका कारण कुलतमा फसिरहेका छन ् । कतिपय लागुऔषध प्रयोगकर्ताकै दबाबमा पनि बालबालिका प्रयोग भएका छन् । कतिपयलाई प्रलोभनमा पारी लागुऔषध ओसारपसार तथा कुलतमा फसाइएको छ । सीमा क्षेत्रमा भेटिएका १४/१५ वर्षका जस्ता देखिने इटहरी र धनगढीका दुई बालक लागुऔषध ओसारपसारमा संलग्न छन् । उनीहरू भन्छन ्, ‘दाइहरूले जबरजस्ती हामीलाई लागुऔषध लिन पठाएका हुन् ।’ उनीहरू दाइहरूको नाम भन्न भने सक्दैनन् । भविष्यकका कर्णधार बालबालिकालाई लागुऔषध प्रयोगकर्ताले यसरी फसाइएको एउटा उदाहरण हो यो । त्यसबाहेक पनि अन्य घटना हाम्रासामु छन् । भर्खरै १६ वर्ष पुगेको बताउने इटहरीका अर्का किशोर लागुऔषध प्रयोगकर्ता हुन् । लागुऔषध प्रयोग गर्दा साथीभाइले उनलाई जथाभावी इन्जेक्सन दिए । अहिले उनको तीघ्रामा गम्भीर प्रकृतिको घाउ छ । तर उनलाई घाउ निको पार्ने चिन्ताभन्दा पनि दिनदैनिक कसरी लागुऔषध प्राप्त गर्ने भन्ने चिन्ता छ । २० वर्षदेखि लागुऔषध प्रयोग गर्दै आएका अर्का एक युवाले १० वर्षसम्म ट्याब्लेट खाए । तर त्यसपछि नियमित इन्जेक्सन हानिरहेका छन् । इन्जेक्सन नियमित दिइरहेका उनको खुट्टामा अहिले ठुलो घाउ भएको छ । ‘घाउ निको हुँदैन खुट्टा काट्नुपर्छ भन्छन् सबै’, उनी भक्कानिँदै भन्छन्, ‘कसरी फसियो छोड्न पनि सक्दिनँ । जीवन बर्बाद भयो ।’ लागुऔषध सेवनकर्तालाई अहिलेको नै निषेध गर्ने नसकिए पनि न्यूनीकरण गर्नेकै लागि विभिन्न प्रयोगात्मक कार्यक्रम सञ्चालन गर्नुपर्ने सामाजिक अभियान्ताको भनाइ छ । विराटनगरका सामाजिक अभियान्ता वसन्त अधिकारीले युवालाई दुव्र्यसनीबाट मुक्त बनाउन बृहत सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिन्छन् । प्रदेश १ मा युवालाई दुव्र्यसनीबाट जोगाउन प्रदेश सरकारले पनि विभिन्न कार्यक्रम गर्ने जनाइरहेको छ । तथ्यांकअनुसार प्रदेश १ मा मात्र लागुऔषध कारोबारीमा ९ सय ८१ जना पक्राउ परेका छन् भने ६ सय ५० जनामाथि मुद्दा दर्ता गरिएको छ ।
ब्लाष्ट टाइम्स दैनिक : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “विधालय बहिरै जोगी समुदायका बालबालीका ” शिर्षकको तेह्रथुम जिल्लाको समाचारलाई प्रमुख समाचारको रुपमा प्रकाशन गरेको छ । काँधमा झोला बोकेर जय गोरखनाथ भन्दै म्याङलुङ बजारका प्रत्येक घर–घरमा भेटिन्छन् फेदाप गाँउपालिका –२ ओयाम्जुङका १३ बर्षीय भानुभक्त जोगी । कक्षा ३ सम्म पढेका भानुभक्त बुबा देवनारायण जोगी संगै शहर वजार , गाँउ–गाँउमा धुम्ने गर्दछन । विद्यालय गएर किताव पढ्नु भन्दा उनलाई बुवा सगैं घुमेर जय गोरखनाथ भन्दै पैसा , चामल बटुल्न जाँगर चल्न थालेको छ । जिल्लामा जोगी समुदायका अधिकांस बालबालिका निःशुल्क आधारभुत शिक्षाको पहँुचमा छैनन्। १८० घर रहेको जोगी समुदायमा धेरै कमले मात्रै एसईई परिक्षा उर्तिण गरेका छन् ।