क्रोएसियाका प्रतिभावान फुटबलर लुका मोड्रिच सन् २०१८ को फिफा वर्ष खेलाडी बन्न सफल भएका छन् । मोड्रिचले यो उपाधि जितेसँगै क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसिबीचको साम्राज्य पनि तोडिएको छ ।
लण्डनमा भएको वर्ष खेलाडी घोषणा कार्यक्रममा ३३ वर्षीय मोड्रिचले पोचुकलका क्रिस्टियाने रोनाल्डो र इजिप्टका मोहम्मद सालाहलाई पछि पार्दै उक्त उपाधि उचाल्न सफल भएका हुन् ।
मोड्रिचको कप्तानिमा क्रोएसियाले रसियामा यहि वर्ष सम्पन्न विश्वकप फुटबल प्रतियोगितामा फाइनलसम्मको यात्रा तय गरेको थियो ।