काठमाडौँ । यही असोज १५ देखि २६ गतेसम्म बङ्गलादेशमा हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगितामा नेपालले पहिलो खेल ताजाकिस्तानसँग खेल्ने भएको छ ।
खेल तालिकाअनुसार समूह ‘ए’मा रहेको नेपालले पहिलो खेल असोज १६ गते ताजाकिस्तान र दोस्रो खेलमा असोज २० गते प्यालेस्टाइनसँग खेल्नेछ । समूह ‘ए’मा नेपालसहित प्यालेस्टाइन र ताजाकिस्तान छन् । समूह ‘बी’मा आयोजक बङ्गलादेश, फिलिपिन्स र लाओस छन् । नेपाली खेलकुद टोली असोज १५ गते त्यसतर्फ प्रस्थान गर्नेछ ।
अघिल्लो संस्करणको विजेता नेपाल आइतबारसम्म प्रतियोगिता खेल्ने नखेल्ने दोधारमा थियो । आइतबार अघिल्लो संस्करणमा विजेतावापतको पुरस्कार २५ हजार अमेरिकी डलर नेपालले पाएसँगै प्रतियोगितामा नेपालको सहभागिता निश्चित भएको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ ।
एन्फाले पछिल्लो संस्करणको विजेताबापतको पैसा नपाए प्रतियोगिता नखेल्ने बङ्गलादेश फुटबल महासङ्घलाई जानकारी गराएपछि आइतबार बङ्गलादेश फुटबल सङ्घले नेपाललाई दिनुपर्ने २५ हजार डलर उपलब्ध गराएको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो ।
“हामीले दिएको समयसीमाभित्र बङ्गादेश फुटबल महासङ्घले पैसा उपलब्ध गराएको छ, अब हामी प्रतियोगितामा सहभागिता जनाउछौँ”, उहाँले भन्नुभयो । सोही रकमबारे छलफल गर्न महासचिव तुलाधर अघिल्लो साता ढाका जानुभएको थियो । नेपाल ३१ महीनाअघि बङ्गबन्धु गोल्डकपको चौथो संस्करणमा च्याम्पियन हुँदाको पाउन बाँकी २५ हजार अमेरिकी डलर पुरस्कार बङ्गलादेश फुटबल महासङ्घ बिएफएफ ले आइतबार अखिल नेपाल फुटबल सङ्घ एन्फा लाई पठाएको हो भने २५ हजार त्यतिबेलै पाएको थियो ।