इटहरी । अवैध बित्तिय कारोबारबाट प्रदेश एकका मुख्य सहरहरू नै प्रभावित भइरहेको बेला सुनसरीको इटहरीमा अर्काे अवैध कारोबार बाट सयौ सर्वसाधारण ठगिएको पाइएको छ । इटहरीमा लामो समय देखि सुन पसल सञ्चालन गर्दै आएका मनकुमार लिम्बुले सर्वसाधरणबाट करोडौ रकम उठाएर पसल नै बन्द गरी अहिले फरार भएपछि यस्तो पाइएको हो ।  यस अघि पनि सर्वसाधरणबाट करोडौ ठगि गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान ब्युरो ( सिआइबी ) ले इटहरी लगायत प्रदेश एकका मुख्य जिल्लाहरूको सुन पसलमा छापा मारी अवैध बितिय कारोबारमा संलग्न एक दर्जन बढी ब्यवसायीहरूलाई पक्राउ गरी आवस्यकिय कार्वाही समेत गरीसकेको छ ।  सिआइबीको टोलीले छापा मारी सुन ब्यवसायीहरूलाई पक्राउ गरेपछि यस्तो कारोबार साम्य भएको भनिएपनि भित्रभित्रै गोप्य रूपमा अवैध कारोबार हुने गरेको समाचारहरू बाहिरीरहेको बेला इटहरीमा अर्काे सुन ब्यवसायीको फट्याई बाहिरिएको छ । इटहरीको धरान रोड स्थित भिमदिङ याङ्गसाम ज्वेलर्सका सञ्चालक सर्वसाधरणको करोडौ रकम लिएर फरार भएपछि पिडितहरू मार्का परेका छन । 
 
महँगो व्याजको प्रलोभनमा परेर सयौं सर्वसाधारणले सो ज्वेलरीमा बचत गरेको करोडौं रुपैंया लिएर ज्वेलरी संचालक फरार भएपछि पिडित सर्वसाधरणहरू अहिले यता न उताका बनेका छन । आफुहरू ठगिएको जानकारी भएपनि कसैले प्रहरीमा उजुरी दिएका छैनन । सो ज्वेलर्सका सञ्चालकले पसल बाहिर आफ्नो मोबाइल नम्बर दिएपनि उनि संग सम्पर्क गर्दा उनले फोन नउठाएको कारण कुनै कुरा हुन पाएन ।  यता इलाका प्रहरी कार्यालय इटहरीमा सम्पर्क गर्दा डिएसपी शिव कुमार श्रेष्ठले अवैध बित्तिय कारोबार सम्बन्धि गुनासो धेरै आउने गरेको तर पिडितहरू आफै प्रहरी कार्यालय सम्म आएर उजुरी नदिएको बताए । सर्वसाधरणहरू आफ्नो लगानी डुब्ने र सामाजिक मान प्रतिस्ठाका कारण  प्रहरीमा उजुरी दिन नमान्ने गरेकै कारण त्यस्ता ब्यवसायहरूलाृइ कार्वा्हिकालागि अघि बढन गाह्रो भएको डिएसपी श्रेस्ठले बताए ।