ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “दमकमा ‘लेदो’ पानी वितरण” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
झापाको दमक नगरपालिकाका दुईवटा वडामा वितरित खानेपानीमा तीन दिनदेखि आइरनयुक्त लेदो पानी वितरण हुदै आएको छ । दमक ८ र ९ का उपभोक्ताहरुको धारामा लेदो पानी वितरण भइरहेको दमक–९ का उपभोक्ता टङ्क ढकालले जनाए । उनले स्वच्छ पानी वितरणमा लापरवाही भएको भन्दै उपभोक्ताहरुले आक्रोस पोखेको सुनाए । खानेपानी उपभोक्ता समितिको कार्यालय प्रमुख कृष्ण थापाले खानेपानीको ट्याङ्कीमा जडित भल्बमा प्राविधिक समस्याका कारण स्वच्छ पानी वितरण गर्न कठिनाइ भएको उल्लेख गरेको छन् । फिल्टर हुदै ट्याङ्कीमा जाने पानीमा भल्बका समस्याका कारण लेदो देखिएको उनले बताए ।


मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “विजयपुरमा सडक सञ्जाल” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । धार्मिक पर्यटकीय केन्द्रको रुपमा धरानलाई प्रचार गर्ने प्रमुख स्थलको रुपमा धरान वडा १४ विजयपुर रहदै आएको छ । दैनिक देश, विदेशबाट आउने नवआगन्तुक धार्मिक पर्यटकहरुको मुख्य गन्तव्य विजयपुरलाई आकर्षक बनाउन वडामा जनप्रतिनिधि आएपछि निकै काम भएका छन् । पछिल्लो समय विजयपुरमा खुलेका सबै बाटोहरुलाई पक्कि सडकको रुपमा विकास गर्ने कार्य तिब्रताका साथ अघि बढाइएको छ । दशैं नजिकिदैछ, यसै बेला धरान घुम्न आउनेहरुको संख्या ठुूलै हुने गरेको छ । वडा अध्यक्ष कृष्णप्रसाद भट्टराई भन्छन् । उनीहरु विजयपुर घुम्दा सडकको अवस्था राम्रो भएमा राम्रै अनुभव लिएर फर्कने भएकोले सडकलाई प्राथमिकतामा राखिएको हो ।


औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “चारकोशे जंगलमा मोवाइलको टावर वनाउने तयारी” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । धरान र इटहरी बीचको चारकोशे झाडीमा पर्ने जंगलमा टेलिकमको टावर राख्ने तयारी भएको छ । धरान उपमहानगरले त्यसको गृह कार्य थालनी गरेको छ । अब चारकोशे जंगलमा टावर बनेपछि त्यस क्षेत्रको टावरमा मावाइल नलाग्ने झन्झटबाट मुक्त हुने भएको छ । तरहरादेखि धरानको तीनकुनेसम्मको लगभग १० किलोमिटर जंगल क्षेत्रमा फोन सम्र्पक नहुदा हुने पिडा अन्त्य गर्न मोबाइल टावर बन्न लागेको हो । धरान उपमहानगरपालिकातर्फ पर्ने चारकोशे झाडी क्षेत्रकै सेउती पुल नजिक मोबाइल टावर बनाउने प्रक्रिया शुरु भएको छ । धरान उपमहानगरपालिककी कार्यवाहक मेयर मञ्जु भण्डारीका अनुसार अत्याश्यक मोबाइल टावर बनाउने विषयमा सङ्घीय सञ्चार मन्त्री गोकुल बास्कोटासग कुराकानीपछि प्रक्रिया अगाडि बढेको छ ।


विवेचना दैनिक : झापाबाट प्रकाशन हुने विवेचना दैनिकले “घर पाएपछि स्थानीय दङ्ग” शीर्षकको समाचारलाई मुख्य समाचार छापेको छ ।
अर्जुनधारा ११ का लालध्वज सार्कीले संस्थाको सहयोगले घर राम्रो बनेको भन्दै आप्mनो अनुभव सुनाइरहंदा विदेशी पाहुना एकाग्र भएर मुस्कुराइरहेका थिए । घर बनेपछि आनन्दले बस्न र सुत्न पाएको लालध्वजको अनुभवलाई ह्याबिट्याट नेपालका पूर्वाञ्चल संयोजक सन्दिप पौडेलले अनुवाद गर्दा उनीहरु खुसीले गद्गद भए । ‘टिन चुहिन्थ्यो, अहिले हावापानीबाट बचियो, सर्पको पनि डर छैन’, लालध्वजको भनाइ सुनेपछि उनीहरुले थप चासो लिँदै अघिल्लो अवस्थाका बारेमा जिज्ञासा राखेका थिए । लालध्वजजस्तै कञ्चन राजवंशी र उर्मिला राजवंशीले पनि आप्mनो अनुभव र अवस्थाका बारेमा विदेशी प्रतिनिधिलाई सुनाएका थिए । गरिब तथा विपन्न समुदायका लागि आवास निर्माणमा काम गर्दै आएको ह्याबिट्याट नेपालका विदेशी प्रतिनिधिहरुले अर्जुनधारामा मंगलबार अनुगमन गर्ने क्रममा स्थलगत अनुभव आदानप्रदान गरेका थिए । ह्याबिट्याटका प्रतिनिधिले लक्षित समुदायको घरमै पुगेर अवलोकन गरेका थिए । अभियान नेपालका प्रबन्ध निर्देशक लोकप्रिय खनालले सहजीकरण गरेको कार्यक्रममा विदेशी प्रतिनिधिले स्थानीयसँग अनुभव पनि साटासाट गरे । अर्जुनधारा नगर क्षेत्रमा ह्याबिट्याट नेपालले अभियान नेपालसँग सहकार्य गर्दै विपन्न समुदायको आवासका लागि काम गर्दै आएको छ । अभियान नेपालले गरेको आवास कार्यक्रमको स्थलगत निरीक्षण गरी सरोकारवाला व्यक्तिको अनुभव लिन पनि विदेशी प्रतिनिधि नेपाल आएको ह्याबिट्याट नेपालका पूर्वाञ्चल संयोजक सन्दिप पौडेलले बताए ।

फास्ट टाइम्स : धरानबाट प्रकाशन हुने फास्ट टाइम्स दैनिकले “दशैंको मुखमा भन्सार आतंक” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
सरकारले विदेशबाट आउने सामानमा एकाएक भन्सार मूल्य बढाएर व्यासायी र उपझोक्तालाई आतंकित पार्न थालेको छ । दशैंको पूर्वसन्ध्यामा केही वस्तुको भन्सार मूल्याकंन बढाएको छ । विदेशबाट आयात हुने वस्तुमा भन्सार मूल्याकंन बढाउदा त्यसको प्रत्यक्ष असर उपभोत्ताले महंगोमा सबै सामान किन्नु पर्ने वाध्यता आइ परेको छ । एक महिनाअघि भन्सार व्यवस्थापन गोष्टीका आधारमा भन्सार विभागले नया सन्दर्भ मूल्यसूची (रेफरेन्स) तय गरेको छ । भन्सार मूल्यसुचीमा राखिएको छ ।


उद्घोष टाइम्स : विराटनगरबाट प्रकाशन हुने उद्घोष टाइम्स दैनिकले “संघीय शिक्षानीति चाडै” शीर्षकको समाचारलाई मुख्य समाचारका रुपमा छापेको छ ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि केही महिनाभित्रै संघीय शिक्षनीति आउने बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयद्वारा मंगलबार आयोजित शिक्षामा गुणस्तर अभिवृद्धिको मापदण्ड र दीगो उत्तीर्ण दर प्राप्त गर्ने सम्भावनाको खोजी विषयक दुईदिने कार्यशाला गोष्ठीको उद्घाटन गरेका थिए ।