पथरीशनिश्चरे : शिक्षक सेवा आयोगको परीक्षामा शिक्षक सहभागी भएपछि मोरङ पथरीशनिश्चरेका केही सामुदायीक विद्यालयको पठनपाठन बन्दभएको छ ।
केही विद्यालयले त विद्यालय बन्दको घोषणा नै गरेका छन् । असोज ११, १२ र १३ मा हुने शिक्षक सेवा आयोगको परीक्षा दिन शिक्षकहरु हिँडेपछि नगरका केही विद्यालय बन्द भएका हुन् । विद्यालयका करिव आधा शिक्षक परीक्षामा सामेल हुने भएपछि विद्यालयको पठनपाठन प्रभावित भएको पथरी शनिश्चरे नगरपालिका शिक्षा शााखा प्रमुख दुर्गा प्रसाद सिग्देलले बताए ।
पथरीशनिश्चरे नगरपालिका वडा ९ को सिंह वाहिनी मावि र वडा ४ को बाल कल्याण माविमा अधिकांश शिक्षक परीक्षामा सामेल हुने भएकाले विद्यालय व्यावस्थापन समिति मार्फत निर्णय गरी ३ दिन विद्यालय बन्द गरिएको सिग्देलले जानकारी दिए । सो विदाको कारण प्रभावित बनेको पठनपाठन को गतिविधीलाई बर्षे विदामा मिलान गर्ने निणर्य भएको विद्यालयले जनाएको छ ।