इटहरी : विश्व पर्यटन दिवसको अवसरमा बिहिबार सुनसरीको इटहरीमा वृहत कार्यक्रम भएको छ । होटल व्यावसायी संघ इटहरीले र्याली गर्नुका साथै कोणसभा पनि आयोजना गरेको थियो ।
स्वीटजरल्याण्डका पर्यटनकर्मीसमेत सहभागी भएको ¥याली इटहरीको पूर्व, पश्चिम, उत्तर र दक्षिण क्षेत्र परिक्रमा गरेको थियो । कार्यक्रमका वक्ताहरुले इटहरीलाई पर्यटकीय क्षेत्र बनाउन जोडदिएका थिए । उद्योग वाणिज्य संघ इटहरीका कार्यवाहक अध्यक्ष शैलेस विष्टले इटहरीलाई पर्यटकीय क्षेत्र बनाउन आफुहरु सहयोग गर्न तयार भएको बताए । साथै उनले इटहरीलाई प्रदेश १ को पर्यटकीय हब बनाउनुपर्ने धारणा पनि राखे ।
धरानका पर्यटनकर्मी बासुदेव बरालले सबै क्षेत्र हातेमालो गरेर अघि बढे पर्यटनका विकास हुने बताए । अर्का, पर्यटनकर्मी सुनिल भुषालले बजारलाई सफा राख्न सके पनि पर्यटन विकासकोरुपमा बुझ्नुपर्ने बताए । कार्यक्रममा स्वीजरल्याण्डका पर्यटनकर्मी क्रुजले नेपालले मौलिक संस्कृति जोगाएर पर्यटनको विकास गनृ सक्ने बताए ।