धरान : साहसिक खेल पर्यटनअन्र्तगतको फ्लाइङ फक्स तथा जिप फ्लाइङ शुक्रबारदेखि धरानमा शुरु भएको हो । परीक्षणकोरुपमा शुरुवात भएको यो साहसिक खेलको प्रदेश नं १ का वन, वातावरण तथा पर्यटन मन्त्री जगदीश खुसियैतले उद्घाटन गरेका छन् ।
धरान १३, फुस्रे र धरान २० विष्णुपादुकाको संगमस्थलमा प्रस्ताव गरिएको जैविक विविधता पार्कमा यो साहसिक खेलको शुरुवात गरिएको हो । पर्यटन मन्त्री खुसियैतले फ्लाइङ फक्सको आनन्द भने लिएनन् । उनले औपचारिक उद्घाटनको लागि डेमो मात्र गरे । सोमबारसम्म(तीन दिन) फ्लाइङ फक्स र जिप फ्लाइङको मजा पर्यटकहरुले लिन सक्नेछन् । विद्यार्थीलाई सय रुपैया र अन्यलाई २ सय रुपैया शुल्क तोकिएको छ ।
करिब ६० बर्षअघि कोशी ब्यारेजको लागि ढुंगा ओर्सान निर्माण गरिएको घिर्लिङको संरचनाबाट फ्लाइङ फक्स र जिप फ्लाइङ परीक्षण गरिएको हो । मन्त्री खुसियैतले प्रदेशकै पर्यटनमा महत्वपुर्ण उपलब्ध भएको धारणा राखे । प्रचारप्रचार गरेर पर्यटनबाट रोजगारी सृर्जना गर्नुपर्ने पनि बताए । धरानको पर्यटन विकास गर्ने उद्देश्यले वातावरण तथा प्राकृतिक स्रोत केन्द्रको संयोजनमा फ्लाइङ फक्स र जिप फ्लाइङको परीक्षण गरिएको हो । भविष्यमा यसलाई व्यावसायिकरुपमा अघि बढाउन स्थानीय र प्रदेश सरकारसँग समन्वय गर्ने केन्द्रका अध्यक्ष आनन्द श्रेष्ठले बताए ।
फ्लाइङ फक्स तथ जिप फ्लाइङको इभेन्ट मेनेजर अमितप्रसाद आचार्यका अनुसार फ्लाइङ फक्स सुतेर चरा जस्तै उडेर मजा लिनुलाई भनिन्छ भने जिप फ्लाइङ बसेर गरिन्छ । करिब सय मिटर उचाईबाट टुचिङ तारको मद्दतले १ सय ५० मिटर दुरीमा झर्ने व्यवस्था गरिएको छ । स्काउटमा फ्लाइङ फक्स र जिप फ्लाइङ नियमितरुपमा तालिम दिइएको हुन्छ । यसैलाई साहसिक पर्यटनकोरुपमा धरानमा प्रर्वद्धन गर्न सकिने उनले बताए । वडा १३ का अध्यक्ष नेत्र काफ्लेले प्राकृतिक, ऐतिहासिक स्थलहरुको पहिचान गरेर पर्यटन विकास गरिने बताए । नेकपाका नेता मुरारी सुवेदीले पर्यटनलाई रोजगारी र आर्थिक आयआर्जनसँग जोड्न आवश्यक भएको बताए ।

 

1 116 2 23 3 11 4 7 6 4 7 2