धरान : मामाघरमा सुतीरहेकी २ जना दिदीबहिनीहरुलाई बलात्कार गरेको आरोपमा एक पक्राउ परेका छन् । आज शुक्रबार बिहान मामा घरमा सुतीरहेकी १५ बर्षीय र १३ बर्षीय दिदीबहिनीहरुमाथि बलात्कार गरेको आरोपमा मोरङ, केराबारी ५ का २७ बर्षीय अशु कामी(बिक) पक्राउ परेका हुन् ।इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाका अनुसार पीडित बालिकाद्धयकी ठुलाबुबा रत्न बिकले जाहेरी दिएपछि पीडकलाई आजै पक्राउ गरिएको हो । आमा बुबा दुवै वैदेशिक रोजागरीमा गएको कारण दुवै बालिका मामा घरमा बस्दै आएका थिए । दिदी छोपुवा विरामी भएकोले बेहोस भएको बेला बहिनीको गोप्य अंगतिर हात पुर्याएको थाह पाएर उनी चिच्याएकी थिइन् । दिदीको पनि होस खुलेपछि गोप्य अंगबाट पानीजस्तो बगीरहेको र दुखाई पनि भएकोले आफुमाथि करणी गरेको उनले बताइन् । होस खुलेलगत्तै हो हल्ला गरेर मामा माइजुलाई बोलाएर घटनाबारे दिदीबहिनीहरुले जानकारी गराएका थिए । डिएसपी तिम्सिनाका अनुसार उजुरी परेपछि जरुरी पक्राउ पुर्जीको आधारमा अशु कामीलाई पक्राउ गरिएको छ । पीडितहरुको मेडिकल जाँच पनि भइसकेको छ । पीडकलाई जर्बजस्ती करणीको अभियोगमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।