धरान : शेर्पा ब्रुअरी प्रालिको दुई उत्पादनको शुक्रबार धरानमा लञ्च गरिएको छ । धरान १५ स्थित होटल इजी राइडरमा एक समारोहबीच प्रालिको उत्पादन खुम्बु कोल्च र हिमालयन रेड नामको वियरको लञ्च गरिएको हो । विभिन्न क्षेत्रका १० जना व्यक्तिहरुले संयुक्तहरुमा क्यान वियर खोले लञ्च गरेका थिए । भव्य समारोहबीच बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डा. बिक्रम श्रेष्ठ, डा. सि.एस.अग्रवाल, औजार दैनिकका प्रधान सम्पाक तथा मजदुर नेता भिम राई ज्वाला, पुर्व एमालेका नगर कार्यवाहक अध्यक्ष नारायण सुवेदी, सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विजय श्रेष्ठ, धरान मदिरा व्यवसायी संघका अध्यक्ष नविन तामाङ, पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले, व्यवसायी युगल श्रेष्ठ, रोटरी क्लब अफ धरान घोपाका अध्यक्ष मुकेश अग्रवाललगायतले वियरको लञ्च गरेका थिए ।शेर्पा ब्रुअरीका प्रदेश नं १ चिफ डिष्ट्रीबुटर नविन घिमिरेले नेपाल आउने पर्यटकहरुलाई गुणस्तरीय उत्पादनको स्वाद चखाउने उद्देश्यले उत्पादन थालेको बताए । उनले आफ्नो कम्पनीको उत्पादन(वियर)मा चामल, चिनी, केमिकल केही पनि मिसावट नरहेको र सुद्ध भएको पनि दाबी गरे । उनले भने,‘हाम्रो उत्पादन सुद्ध छ, यहाँ जौं मात्र छ ।’ कार्यक्रममा औजारका प्रधान सम्पादक राई, उवा संघका उपाध्यक्ष श्रेष्ठले धरानमा कार्यक्रम आयोजना गरी लञ्चिङ गरेको कम्पनीलाई धन्यवाद दिएका थिए । औपचारिक कार्यक्रम पनि स्थानीय ब्याण्डको लाइभ प्रस्तुती पनि रहेको थियो ।

2 25 3 13