धरान : नेपालकै सर्वाधिक रनरहरु सहभागी हुने मध्येको एक धरान रन नेवा च्यारिटी १० कि.मि.रनको प्रमोशन एवं प्रचारप्रसार गर्न शनिबार धराने रनरहरु सप्तकोशीतिर लागेका छन् ।धरान रनका अध्यक्ष रमु राईको नेतृत्वमा डेढ दर्जन बढी युवाहरु आज शनिबार बिहानै साइकल र दौडदै सप्तकोशीतिर गएका हुन् । नेवा च्यारिटी १० कि.मि.को टिसर्ट लगाएर उनीहरु ठिक ७ बजे दौडिएका थिए । धरान ८ स्थित यलम्बर सामुदायिक वनअघिबाट नियमित कार्यक्रम धरान रनसँगै प्रमोशनल रन पनि भएको थियो । उनीहरु बीपी प्रतिष्ठान हुदै धरान चतरा बाटोबाट चक्रघटी, प्रकाशपुर निस्केर सप्तकोशीसम्म पुग्नेछन् । झण्डै ३० किलोमिटर लामो दौड तय गरेर युवाहरु फर्कदा भने बस यात्रा गर्नेछन् । प्रमोशनल दौडको लागि धरान १२, चतरालाइनस्थित सस्तो मःम हाउसका निर्मल राईले प्रायोजन गरेका छन् । प्रमोशनल दौडमा सहभागीहरुलाई खाजा, नास्ता र फर्कदाको बस भाडा पनि सस्तो मःम हाउसले तिरिदिनेछ । यसका सञ्चालक राई आफै पनि प्रमोशनल दौडमा सहभागी छन् । नेवा च्यारिटी रनको सातौं सँस्करण आगामी फागुन २५ गते धरानमा आयोजना हुनेछ । अघिल्लो सँस्करणसम्म ८ कि.मि.दुरीको मात्र आयोजना भएको यो प्रतियोगिता यसपटकदेखि भने अन्र्तराष्ट्रिय म्याराथुनको मापदण्ड वमोजिम १० कि.मि.बनाइएको हो । यो प्रतियोगितामा सहभागी हुन देशभरका चर्चित धावकहरु पनि सहभागी हुन्छन् ।

2 26