धरान : पर्यटन र कलाबीचको सम्बन्ध के होला ? झट्ट सुन्दा र हेर्दा यी दुवै अलग क्षेत्र हुन् भन्ने लाग्छ । तर, पर्यटन र कलाकर्मीहरु एकअर्कालाई परिपुरक ठान्छन् । कलाको माध्यमबाट पर्यटनको प्रर्वद्धन र विकासमा महत्वपुर्ण टेवा पुग्न सक्छ । त्यतिमात्र होइन, पर्यटनले पनि कलालाई टेवा पुर्याउछ ।
शनिबार यही कला र पर्यटन क्षेत्रको फ्युजन देखियो, धरान १ स्थित होटल सेक्षको प्रांगणमा । करिब २० जना कलाकारहरु क्यानभास र रंग लिएर यत्रतत्र छरिए, अनि क्यानभासमा उतारे सुन्दर प्राकृतिक दृष्यहरुलाई । सेक्ष ट्राभलिङले विश्व पर्यटन दिवसको अवसरमा चित्र कार्यशाला कार्यक्रम आयोजना गरेको थियो । युवा कला केन्द्रसँगको सहकार्यमा सेक्षले उक्त कार्यक्रम आयोजना गरेको थियो । जसमा धरान, इटहरी, मोरंग, धनुकटालगायत क्षेत्रका कलाकारहरु सहभागी थिए । चित्र कार्यशालाको उद्घाटन प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी र धरानकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले कलाकार स्वयमप्रकाश श्रेष्ठलाई क्यानभास र रंग हस्तान्तरण गरेका भएको थियो ।

1 118

सेक्षकी प्रबन्ध निर्देशक एलिना मगरले पर्यटन दिवसको अवसरमा पर्यटन र कलालाई फ्युजन गरिएको बताए । विश्व पर्यटन दिवसकै दिन कार्यक्रम आयोजना गर्न खोजे पनि कलाकारहरुको ब्यस्तताले २ दिन पछि कार्यक्रम आयोजना गर्नुपरेको बताइन् । धरानलाई पर्यटनको हब बनाउन प्रयास गरिरहेको खुलाउदै उनले प्रदेश पर्यटन कार्यालय धरानमा राख्नको लागि सबैले पहल गर्नुपर्ने बताइन् ।
प्रमुख अतिथि सभामुख भण्डारीले प्रदेश सरकारले पर्यटनलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताउदै नारा र भाषणमा मात्र नभै काम गरेर देखाउने समय भएको बताए । धरानकी कार्यवाहक प्रमुख मञ्जु भण्डारीले गुरु योजना बनाएर धरानको पर्यटनको विकास गर्ने बताइन् । विराटनगरका पर्यटन व्यावसायी भविश प्रदेश १ मा प्रशस्तै पर्यटकीय गन्तव्यहरु भएपनि प्रचारप्रसारको अभावले पर्यटकहरु भित्र्याउन नसकिएको बताए ।

2 27 arts 3 14