इटहरी : बस चालकलार्इ इसारा दिदा दिदै पनि समयमै नराेकेकाे कारण छतमा राखिएकाे माेटरसाइकलले तार तान्दा बिजुलीकाे पाेल लडेर साेमबार इटहरीमा भयानक दुर्घटना भएकाे छ । इटहरीकाे मुख्य राजमार्गबाट बिपि चाैक छिर्ने सडकमै बिजुलीकाे पाेल लडेकाे हाे ।

पाेल लडेलगत्तै प्राधिकरणले बिद्युत कटाैति गरेपछि इटहरीबासीहरू भयानक स्थितीबाट जाेगिएका हुन । ना४ ख ४६८९काे बसले छतमाथी राखेर ल्याएकाे माेटरसाइकलले बिपिचाैकमा रहेकाे पाेलकाे तार तानेपछि मुख्य राजमार्गमै पाेल ढलेकाे थियाे ।

अहिले साे क्षेत्रमा बिद्युत कटाैति गरी पाेल उठाउने काम सुरू गरीएकाे छ । तर बिद्युत सम्बन्धि सबै कामहरू भने राेकिएका छन । दुर्घटनापछि बसका चालक र बसलार्इ प्रहरीले नियन्त्रणमा लिएकाे छ