इटहरी : हालै सार्वजनिक भएको पुर्व प्रधानन्यायधिश सुशीला कार्कीको पुस्तक न्यायको मंगलबार इटहरीमा वृहत बहस कार्यक्रम आयोजना भयो ।
कार्कीद्धारा लिखित पुस्तकमा केन्द्रीत कार्यक्रममा पुस्तकका विषयमा लेखक कार्कीले जानकारी गराएकी थिइन । इटहरी सुनसरी लियो क्लव र लायन्स क्लव अफ इटहरी क्रिएटिभ लेडीको संयुक्त आयोजनामा भएको बहसमा कार्कीका पुस्तकका विषयमा वृहत चर्चा गरिएको थियो ।
वहस कार्यक्रमका पुर्व प्रधान न्यायधिश कार्कीले आफनो पुस्तकमा न्यायालयमा हुने कमि कमजोरीका विषयमासमेत कलम चलाएको जानकारी दिइन । उनले आफ्ना भोगाइहरुका साथै आफुले अध्ययन अनुसन्धान गरेका विषयहरु पुस्तकमा उल्लेख गरेको समेत वताइन । कार्कीको पुस्तकमाथि साहित्यकार मनु मञ्जिल र सीमा आभासले टिप्पणी गरेका थिए । लायन्स क्लव अफ इटहरी क्रिएटिभ लेडीकी अध्यक्ष शान्ता न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि साहित्य तथा अन्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।