धरान : पर्यटकीयस्थल भेडेटारमा सञ्चालनमा रहेको चर्चित होटल अरुण भ्याली स्थापना भएको २५ औं बर्ष पुगेको छ ।
होटलले हालै २५ औं बार्षिकोत्सव एवं रजत जयन्ती एक भव्य कार्यक्रम गरी मनाएको छ । गत सोमबार लायन्स क्लब अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ ए वानका डिष्ट्रिक गर्भनर लायन अनन्त प्रसाद भेटवाललगायतका लायन्सका उच्च डिस्ट्रिक अफिसरहरु सहभागी कार्यक्रममा केक काटेर होटलले रजत जयन्ती मनाएको हो । होटलका सञ्चालक विष्णुराज श्रेष्ठ र श्रीमति शान्ति श्रेष्ठ हुन् । विष्णुराज होटल एशोसिएशन अफ भेडेटारका संस्थापक अध्यक्षसमेत हुन् । दुवैले करिब २५ बर्षअघि भेडेटार चोकमा भाडा होटल शुरुवात गरेका थिए ।
हाल राजरानी जाने सडकमा आफ्नै ५ तले भवनमा सुविधा सम्पन्न रेष्टुरेन्ट, डिलक्स रुम, रुफ टपलगायत सुविधा रहेको छ । श्रीमति श्रेष्ठ हाल लायन्स क्लब अफ धरान बुढासुब्बाकी वर्तमान अध्यक्षकोरुपमा समाजसेवामा पनि सक्रिय छिन् । होटल अरुण भ्यालीले अन्र्तराष्ट्रिय ट्राभल एडभाइजर संस्था लोन्ली प्लानेटबाट समेत स्तरीय होटलको आधिकारिकता पाएको छ । रजत जयन्तीको अवसर पारेर सञ्चालक श्रेष्ठले कोठाहरु थप गर्ने र ग्राहकको लागि स्तरीय अन्य सुविधाहरु पनि थप गर्ने बताए ।