धरान : राजनीतिकर्मी र पत्रकारहरुबीच शुक्रबार भएको मैत्रीपुर्ण खेलमा पत्रकारको टिम विजयी भएको छ ।
धरान १७, नमस्ते चोकस्थित खेल मैदानमा भएको खेलमा पत्रकारको टिमले राजनीतिकर्मीहरुलाई २–१ गोलअन्तरले हराउदै विजयी भएको हो । पत्रकारको तर्फबाट दुवै गोल पहिलो हाफमा दन्तकाली एफ.एम.का धिरेन लिम्बूले गरेका थिए । राजनीतिकर्मीकोतर्फबाट दोस्रो हाफमा रोशन गुरुङले एक गोल फर्काएका थिए । प्रथम नमस्ते कप २०७५को अवसरमा पारेर पत्रकार र राजनीतिकर्मीहरुबीचमा मैत्रीपुर्ण खेल आयोजना गरिएको हो । नमस्ते युवा क्लबको आयोजनामा धरान १७ अन्तर चोकस्तरीय फुटबल प्रतियोगिताको फाइनल शनिबार दिउँसो ३ बजे हुने क्लबले जानकारी दिएको छ ।

2 5 football-3 kapuri kapuri- football