इटहरी :  सुनसरीको इटहरीस्थित एरीना टेलिभिजनको आयोजनामा शुक्रबारबाट दशैँ किनमेल महोत्सव सुरू भएको छ । वन उद्योग तथा पर्यटन मन्त्री जगदीश प्रसाद कुसियतले सो महोत्सवको उद्घाटन गरेका हुन । उद्घाटनमा बोल्दै मन्त्री कुसियतले पर्यटकहरूलाई आकर्षण गर्नकै लागि भएपनि यस्ता महोत्सव गरिरहनुपर्ने बताए । महोत्सव सुरू भएको पहिलो दिनमै उल्लेखनिय पर्यटकहरूको आगमन भएको आयोजक कमिटि तथा एरीना टेलिभिजनका निर्देशक समिर कार्किले बताए ।
नजिकिएको चाडपर्वलाई मध्यनजर गर्दै बिभिन्न मनोरञ्जनात्मक कृयाकलाप र पर्यटन क्षेत्रको प्रवर्दनकालागि सो महोत्सवको आयोजना गरिएको पनि कार्कीले बताए । उक्त महोत्सवमा हेलिकप्टरबाट ताप्लेजुङको पाथिभारा मन्दिर,भेडेटार हुदैँ कोशी टप्पु, धरान इटहरी लगायत पूर्वका प्राकृतिक मनोरम दृश्यावलोकन गर्न पाइने , घोडचढी ,लगायत मुख्य आर्कषक रहेको बताइएको छ । साथै महोत्सवभित्र ५० भन्दा बढी स्टलहरू रहेका छन । महोत्सवमा दशैं लक्षित खाधान्न,लत्ता कपडा,जुत्ताचपल,घरेलु उत्पादन , सजावटका सामग्री लगायतका सामग्रीहरू बिक्रीकालागि राखिएका छन ।

kapuri mela 2